मिस्टर एण्ड मिस मोडर्न २०७५ को उपाधि असिम र चाँदनीलाई

भक्तपुर दधिकोटस्थित मोडर्न स्कुल र कलेजले आयोजना गरेको मिस्टर र मिस मोडर्नको उपाधि क्रमशः असिम नेपाल र चाँदनी श्रेष्ठले जितेका छन् ।
शुक्रवार भक्तपुरको सुर्यविनायकस्थित थापा पार्टी प्यालेसमा आयोजित मिस्टर एण्ड मिस मोडर्न २०७५ मा अन्य दर्जनौं प्रतिस्पर्धीलाई पछि पार्दै उनीहरुले उपाधि हात पारेका हुन् । यसैगरी मिस्टर मोडर्न ट्यालेन्टको ताज सुमन ढुङ्गेल र मिस मोडर्न ट्यालेन्ट सक्रिती श्रेष्ठले जितेका छन् ।
मिस्टर एण्ड मिस मोडर्न प्रतियोगिताकै अवसरमा मोडर्न स्कूल÷कलेजले चर्चित रंगकर्मी तथा अभिनेता सरोज खनाललाई नगदसहित सम्मान गरेको थियो । कार्यक्रममा भारतको चर्चित टिभी रियालिटी सो सा रे ग म प का एघारौं प्रतिस्पर्धी मेनुका पौडेल र नेपाल आइडल सिजन २ का छैठौं प्रतिस्पर्धी र मोडर्न कलेजबाट कक्षा १२ उतिर्ण गरेका गायक पवन गिरीलाई पनि प्रमाणपत्र सहित सम्मान गरिएको थियो । सोहि अवसरमा मोडर्नबाट २०७५ सालको राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ मा प्रथम, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार, प्रमाणपत्र र मेडलद्वारा पुरस्कृत गरिएको थियो ।
त्यसैगरी ए प्लस र ए ग्रेड ल्याउने सबै बिद्यार्थीलाई मेडलद्वारा पुरस्कृत गरिएको थियो । यसै गरि ट्राभल एण्ड टुरिजममा प्रथम हुने बिद्यार्थीलाई राधेश्याम जोन्छे स्मृति प्रतिस्थापनबाट हरेक वर्ष प्रदान गर्दै आएको नगद दस हजार शिक्षक रिषभ जोन्छेले प्रदान गरे । कार्यक्रममा वर्ष भरिको कक्षामा एकदिन पनि अनुपस्थित रहेका एघार बिद्यार्थीहरूलाई मोस्ट पन्चुयल अवार्ड समेत प्रदान गरिएको विद्यालयका प्रिन्सिपल राजन कसपालले बताए।
कार्यक्रमको निर्णायक मण्डलको भुमिकामा ‘भाइरल भयो’ गीतका गायक तथा संगीतकार मानस राज, मिस नेपाल २०१८ का प्रतिस्पर्धी, मिस मोडर्न २०६७ र चलचित्र अमेरिकन ब्वाइजका अभिनेत्री सृष्टि कार्की, गायक तथा संगीतकार क्षितिज कुलुङ र नृत्य प्रशिक्षक समीर शंखदेव रहेका थिए ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव