विज्ञान र प्रविधिबारे थाहै नभएकालाई विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी !’

भक्तपुर, ६ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले विज्ञान र प्रविधिबारे जानकारी नभएका व्यक्तिलाई विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी दिएको आरोप लगाएका छन् ।
उनले सोहीकारण देश अगाडि बढ्न नसकेको पनि बताएका छन् ।
वागीश्वरी कलेजले आयोजना गरेको ५ दिने रिसर्च मेथोलोजी तालिमको उद्घाटन गर्दै उनले भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय खोल्ने अनुमति दिएको भए १० लाखमा डाक्टर पढाउन सकिने कुरा थाहा पाएर निजि चिकित्सा शिक्षाका माफियाहरुको दबाबमा सरकारले अनुमति नदिएको पनि बताए ।
उनले सरकारी कार्यालयमा हाजिर गर्ने अनि निजि क्षेत्रमा काम गर्नेहरुका कारण शिक्षामा गुणस्तर हुन नसकेको पनि औंल्याएका छन् ।
‘प्राध्यापकहरुको राजनीतिक भागवण्डा र सरकारी शैक्षिक संस्थामा हाजिर गरेर निजी क्षेत्रमा काम गर्ने शैक्षिक माफियाहरुलाई सरकारले छुट दिनु नै उच्च शिक्षामा गुणस्तर न्यून हुनुको मुख्य कारण हो ।’ सरकारीमा हाजिर गरी निजिमा काम गर्नेहरुलाई शैक्षिक माफियाको संज्ञा दिँदै उनले भने ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको उक्त तालिममा आयोगका सदस्य सचिव प्रा.डा. देवराज अधिकारीले शैक्षिक क्षेत्रमा उत्तीर्ण प्रतिशत र गुणस्तर बढाउनु नै प्रमुख चुनौती रहेको बताए ।
देशभरबाट २० वटा सामूदायिक क्याम्पसले मात्र गुणस्तरको प्रमाणपत्र लिन सफल रहेको बताउँदै उनले अबको ५ वर्षभित्र सम्पूर्ण क्याम्पसहरुले गुणस्तर प्रमाणपत्र लिन प्रयास गर्नुपर्ने बताए ।
:695 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव