वालसारथीका केटाकेटीलाई न्यानो ज्याकेट

काठमाडौं । गौरीघाटस्थित बाल सारथी स्कूलका एकसयजना विद्यार्थीले जाडोमा न्यानो ज्याकेट उपहार पाएका छन् ।
टेनेस्सी, अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरुको सामाजिक संस्था ‘नेपाली सोसाइटी चाट्टानुगा, टेनेस्सी’ (ल्भउबष् िक्यअष्भतथ या ऋजबततबलययनब त्भललभककभभ, ग्क्ब्) की सदस्य कृष्णा महर्जनको पहलमा संकलित रकमबाट वाल सारथीका विद्यार्थीलाई आइतबार ज्याकेट वितरण गरिएको हो ।
काव्य स्कुल नयाँबानेश्वर र विष्णु बास्कोटा फाउण्डेशनको अमेरिकी भगीनि संस्था ‘निकेल्स फर नेपाल’ मार्फत अमेरिकामा संकलित रकम पठाएर वाल सारथीका केटाकेटीलाई ज्याकेट दिइएको हो ।
काव्य स्कुलका संस्थापक प्रिन्सिपल तथा विष्णु बास्कोटा फाउण्डेशनका अध्यक्ष नवराज बास्कोटा, काव्य स्कूलका निर्देशक सुनिल कुमार घर्ती तथा कृष्णा अमात्यका बुबा र दिदी लक्ष्मी महजर्नले ज्याकेट वाल सारथीका विद्यार्थीलाई वितरण गर्नुभएको थियो । साथै सो संस्थाले ती विद्यार्थीहरुलाई विद्यालयमै मासुभात समेत खुवाएको थियो ।
सोही अवसरमा काव्य स्कूलको तर्फबाट ति विद्यार्थीहरुलाई शैक्षिक सामाग्री पनि वितरण गरिएको थियो । काव्य स्कुलका प्रिन्सिपल नवराज बास्कोटा र निर्देशक सुनिल कुमार घर्तीले विद्यार्थीलाई शैक्षिक सामाम्री वितरण गर्नुभएको थियो ।
यसअघि विद्यालयकी संस्थापक प्रिन्सिपल माला खरेलले दाताहरुलाई रुदाक्षको माला लगाएर स्वागत गर्नुभएको थियो ।
तीनै संस्थाको सहयोगमा गतवर्ष वाल सारथीका विद्यार्थीलाई जुत्ता र मोजा उपहार दिइएको थियो ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव