युनिक स्काउट ट्रुपको २ रात ३ दिने क्याम्प सम्पन्न

भक्तपुर । भक्तपुर लोकन्थलीस्थित युनिक नेपाल एकेडेमीको युनिक स्काउट ट्रुपले मंसिर २१ देखि २३ गतेसम्म २ रात ३ दिने स्काउट क्याम्प सम्पन्न गरेको छ ।

ककनीस्थित ककनी अन्तर्राष्ट्रिय स्काउट केन्द्रमा भएको उक्त क्याम्पमा सहभागी २१ स्काउट विद्यार्थीहरुले क्याम्प अवधिभर विभिन्न कृयाकलापमा संलग्न भएका थिए । क्याम्पले विद्यार्थीमा आत्मनिर्भरताको विकास, अन्तरमूखि प्रतिभा प्रस्फुतन हुने मौका, म भन्दा हामी बलियो भन्ने सन्देश लिएर फर्केको विद्यालयका प्रिन्सिपल सुमन बस्नेतले बताए ।

:362 Views

Leave a Reply