इन्टर्नसीप गरेकामात्र शिक्षक बन्न पाउने

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले इन्टर्नसीप गरेकालाई मात्र शिक्षक बनाउन सरकारलाई सुझाएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७५ साल असार ३२ गतेको निर्णयबाट गठन भएको उच्चस्तरीय शिक्षा आयोगले सो व्यवस्था गर्न सुझाव दिएको हो ।
आयोगबाट सम्पादन गरिने कामलाई व्यवस्थित गर्न आठवटा विषयगत समूहहरुमध्ये प्रारम्भिक बाल विकासअन्तर्गत बालविकास केन्द्रका शिक्षकको योग्यता, सेवा र सुविधा तथा उनीहरुको वृत्ति विकासमा सुधारको आवश्यकता सम्बन्धमा दिइएको सुझावमा इन्टर्नसीप गरेकाले मात्र शिक्षक बन्न पाउने व्यवस्थाका साथै बालविकास केन्द्रका शिक्षकलाई पनि लाइसेन्सको व्यवस्था गर्ने, उनीहरुको आधारभूत तहका शिक्षक सरह बनाउने र पारिश्रमिक सोहीअनुसार दिने, प्रदेश तथा स्थानीय तहमा नै तालिमको व्यवस्था गर्ने, शिक्षकको स्पष्ट कार्यनीति तथा कार्यढाँचा बनाउनुपर्ने वुंदा पनि उल्लेख गरिएको छ ।
आयोगको कार्यदलले प्रारम्भिक बाल विकासमा मात्र दर्जन समस्या औंल्याएका छन् । चार वर्षका बालबालिकाहरुका लागि व्यवस्था गरिएको बालविकास केन्द्र अपर्याीत जब कि बालविकास गर्भावस्थादेखि ५ वर्षसम्म भनिएको, बाल विकास केन्द्रको समूचित वितरण नभएकोले अझै दुर्गम र विपन्न क्षेत्रमा अपुग छ भने कतै बढी भएको, समुदायमा भएका बालविकास केन्द्र विद्यालयमा गाभिएको, विभिन्न निकायहरुले सञ्चालन गरिरहेको केन्द्र र कार्यक्रम एकीकृत रुपमा सञ्चालन नभएको, केन्द्रका शिक्षकको योग्यता र तालिमको कमी, पारिश्रमिक कम हुनु र टिकाउ दर पनि कम हुनुलाई समस्याका रुपमा लिइएको छ ।
त्यसरी लिइएका समस्या समाधानका लागि विभिन्न सुझावहरु दिइएका छन् ।
आयोगले केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्न अधिकार सम्पन्न राष्ट्रिय बालविकास परिषद् गठन गर्नुपर्ने, शिक्षक मापदण्ड बनाउनुपर्ने, प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा नमूना बालविकास केन्द्र बनाउनुपर्ने सुझाव दिइएको छ ।आयोगले हालै सार्वजनिक गरेको खाकालाई अन्तिम रुप दिन थप सुझाव पनि माग गरेको छ ।
:2334 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव