सुदेशामा साइबर क्राइम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर—ललितपुरको सुदेशा स्कुलले आज एक दिने साइबर क्राइम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा गठित विद्यालय प्रहरी सम्पर्क समितिद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल प्रहरी अपराध महाशाखा नक्सालका डिएसपी ऋषिराम कंडेलले कार्यक्रमको सहजीकरण गरेका थिए । उनले साइबर क्राइम के हो? मानिस कसरी साइबर अपराधमा फस्छ? कसरी बच्ने भन्ने बारेमा विद्यार्थी र शिक्षकहरुलाई जानकारी गराएका थिए । उक्त कार्यक्रम प्राचार्य बिरांगना महर्जनको सभापतित्वमा सम्पन्न भएको थियो ।

:359 Views

Leave a Reply