प्रथम काठमाडौँ जिल्लास्तरीय भिमेश्वर कप कबड्डी’ भोलिबाट सुरु

काठमाडौँ, २६ मंसिर । काँडाघारी, सनसिटी चोकमा रहेको भिमेश्वर एकेडेमीले भोलि बिहीबारदेखि ‘प्रथम काठमाडौँ जिल्लास्तरीय भिमेश्वर कप कबड्डी’ प्रतियोगिता सुरु गर्ने भएको छ ।
छात्र र छात्रा दुवै तर्फ प्रतियोगिता हुने उक्त भिमेश्वर कप कबड्डी प्रतियोगितामा ४० टिमको सहभागिता रहने बताइएको छ । छात्रतर्फ १६ विद्यालय र छात्रातर्फ २४ विद्यालयको सहभागिता हुनेछ ।
विजयी टिम प्रथम, द्धितीय र तृतीयलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।
प्रतियोगिताको तयारी पुरा भइसकेको र बिहीबार एक औपचारिक कार्यक्रमका विच प्रतियोगिता सुरु गरिने भिमेश्वर एकेडेमीका प्रिन्सिपल अमृत खड्काले बताए ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव