सिद्धिदासमा बृहत जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमृता अर्याल
भक्तपुर |सुर्यविनायकस्थित सिद्धिदास सेकेण्डरी स्कुलमा जनचेतनामुलक बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “महिला तथा बालबालिका माथि हुने हिंसा तथा दुव्र्यवहार एवम् साइबर अपराध” बिषयक उक्त कार्यक्रम सुर्यविनायक नगरपालिकाका मेयर बासुदेब थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । ‘हर, प्रहर गाउँ र नगरी , टोलटोलमा नेपाल प्रहरी’ को मुल नाराका साथ प्रहरी – विद्यालय सम्पर्क समितिको आयोजनामा गरिएको कार्यक्रममा महिला हिंसा, यौन दुव्र्यवहार र साइबर अपराधका बारेमा प्रशिक्षण भएको थियो । कार्यक्रमका प्रमुख अतिथि सु.न.पाका मेयर बासुदेब थापाले शुभकामना मन्तव्य दिदै अपराधहरु नलुकाई सम्बन्धित निकायमा जानकारी गराएर अपराधको प्रतिकार गर्नुपर्ने बताए । उनले सामुदायिक र नेपाल प्रहरीको यो कार्यलाई नगरपालिकाको तर्फबाट विभिन्न तवरले सहयोग गर्ने प्रतिबद्धता जायर गरे । कार्यक्रममा प्रशिक्षकको रुपमा महानगरीय प्रहरी परिसर भक्तपुर महिला तथा बालबालिका सेवा केन्द्रका प्रहरी नायब निरिक्षक सानु श्रेष्ठले महिला हिंसा, यौन दुव्र्यवहार र साइबर अपराधका बारेमा प्रष्ट पारेका थिए । प्रशिक्षणका क्रममा उनले महिलाहरु गर्भमा हुँदादेखि नै महिला हिंसा हुने बताए । ८० प्रतिशत महिला माथि आफ्नै घरबाट र २० प्रतिशत महिला माथि अपराधिक मनस्थिति भएका मानिसबाट यौन दुव्र्यवहार हुने गरेको उनले बताए ।
अनावश्यक फोटोहरु र स्टाटस राख्ने, चिने नचिनेको साथीहरु बनाउने तथा एकअर्काको पासवर्ड साटासाट गर्नाले साइबर अपराध बढिरहेको प्र.ना.नि. श्रेष्ठले बताए । उनले फेसबुकमा राखिने स्टाटसबाट व्यक्तिको मनस्थिति सजिलै बुझिने हुनाले आफ्ना नानिबाबुहरुको क्रियाकलापलाई ध्यानपूर्वक हेर्न अभिभावकहरुलाई सुझाव पनि दिए । सो अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरुले विषय सम्बन्धित भएर आफ्नो जिज्ञासा राखेका थिए । विद्यार्थीहरुको हर जिज्ञासालाई महानगरीय प्रहरी वृत जगातीका प्रहरी नायब उपरीक्षक शिशु शर्माले प्रष्ट पारेका थिए । प्र.ना.उ. शर्माले समुदाय – प्रहरी साझदारीको औचित्य तथा विभिन्न अपराधबाट बच्ने उपायहरु बताएका थिए । त्यसैगरी सामुदायिक सेवा केन्द्रका अध्यक्ष सन्तोष ढुङ्गेलले अपराधको सुरुवात र अन्त्य पत्ता लगाई समाधानको उपाय खोज्न आवश्यक रहेको बताए । कार्यक्रममा सुर्यविनायक नगरपालिकाका वडा नं ६ का वडा अध्यक्ष रामेश्वर ध्वजुले शुभकामना मन्तव्य राखेका थिए भने विभिन्न संस्थाका प्रतिनिधि विद्यालयका प्रिन्सिपल, विद्यार्थी र अभिभावकहरुको उपस्थित रहेको थियो । कार्यक्रमको समापन कार्यक्रमका सभाध्यक्ष एवम् सिद्धिदास सेकेण्डरी स्कुलका प्रिन्सिपल लोकेन्द्र अर्यालले गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव