नृत्य प्रतियोगितामा तामाङ प्रथम

मध्यपुर थिमी मिलरोड ८ बोडे भक्तपुर स्थित ग्ल्याडस्टोन एकेडेमीको अतिरिक्त क्रियाकलाप समितिले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत सिनियर नृत्य प्रतियोगिता सम्पन्न गर्यो ।कक्षा ६ देखि कक्षा ९ सम्मका ३२ जना छात्रछात्रा सहभागी रहेको नृत्य प्रतियोगितामा विभिन्न मौलिक नेपाली सँस्कृति झल्काउने गीतमा प्रतियोगीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा कक्षा ८ कि छात्रा आयुष्मा तामाङ पहिलो,कक्षा ९ कि छात्रा सबु मानन्धर दोस्रो,कक्षा ९ कै छात्रा अन्जु श्रेष्ठ तेस्रो तथा कक्षा ६ का छात्र प्रवेश कार्की सान्त्वना पुरस्कर पाउन सफल भए ।
विजयी छात्रछात्रालाई ट्रफी तथा प्रमाणपत्र प्रदान गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप श्रेष्ठले बालबालिकाको नृत्य प्रतिभाको खुलेर तारिफ गर्नु भयो ।सो अवसरमा बोल्दै उहाँले बालबालिकाको चौतर्फी विकासका लागि विद्यालयले आयोजना गर्ने यस्ता कार्यक्रममा बालबालिकाको उल्लेख उपस्थितिले आफू हर्षित र गर्वित भएको बताउनु भयो ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव