नवागन्तुक विद्यार्थीहरूलाई स्वागत

भक्तपुर, २७ बैशाख । वागीश्वरी माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७५ मा भर्ना भएका कक्षा ७ सम्मका नवागन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यार्थीहरूको शैक्षिक, स्वास्थ्य, अतिरिक्त क्रियाकलापमा सकारात्मक परिवर्तनको लागि विद्यालयले कुनै पनि कन्जुस्याई नगर्ने बताए । विद्यालयले समय समयमा स्वास्थ्य परीक्षण गर्दै आएको, खेलकुद शिक्षकको व्यवस्था गरेको पनि उनको भनाए छ ।
विद्यालयका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले वागीश्वरीले अहिलेसम्म सरकारको मुख नटाकी आफ्नै बलबुत्तामा उठेकोले यसको श्रेय विद्यार्थी, अभिभावक र शिक्षक नै रहेको बताए । जग्गालाई मात्र गुणस्तर मापनको मापदण्ड बनाई गुणस्तरलाई अवमूल्यन गर्नुले सरकारको हेय दृष्टि पुष्टि हने उनको भनाइ थियो ।
कार्यक्रममा शैक्षिक वर्ष २०७४ को वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरूलाई प्रधानाध्यापक धन्छाले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा शिक्षकहरू कृष्णमान मलेपति, कृष्णभक्त लघु, राजन लाखा, मिना प्रजापति, अम्बरदली श्रेष्ठ र विद्यार्थी खुसी राईले नवागन्तुक विद्यार्थीहरूलाई स्वागत गरेका थिए ।
औपचारिक कार्यक्रम पश्चात् विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुती पनि देखाएका थिए ।
:791 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव