इजि पायोनियरको पञ्चबुद्ध

काठमाडौं । राजधानीमा आयोजित तीन दिने अन्र्तराष्ट्रिय युवा सम्मेलनको समापनको साँझ इजि पायोनियर स्कूल इटाछें भक्तपुरका स्काउट विद्यार्थीले प्रस्तुत गरेको पञ्चबुद्ध नृत्य स्वदेशी र विदेशी अतिथिहरुका लागि आकर्षणको केन्द्र बन्यो ।
जमलस्थित राष्ट्रिय नाचघरमा आयोजिक सम्मेलन समापनका अवसरमा सो विद्यालयका स्काउट छात्राहरु सम्पदा शाक्य, सन्जिला न्याईच्याई, लसना ग्वयामरु, सजना दुवाल र रुपा गोलेले पञ्चबुद्ध नृत्य देखाएका थिए । सो नृत्य, कलाकार तथा स्काउट गुरु महेशप्रकाश हाडाले निर्देशन गरेका थिए ।
किशोर समाज नेपालका अध्यक्ष किशोर डांगीले सम्मेलनका सहभागी स्वदेशी तथा विदेशीहरु पाहुनाहरुलाई स्वागत गरेका थिए । सम्मेलनमा नेपाल लगायत अफगानिस्तान, भारत, बंगलादेश, पेरु लगायतका युवाहरु सहभागी थिए ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव