विद्यार्थीको शैक्षिक भविष्यमाथि खेलबाड गर्ने अधिकार कसैलाई छैन—मेयर प्रजापति

भक्तपुर, ३ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भक्तपुर नगर कार्यसमितिले आयोजना गरेको ‘समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम’मा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका सिंगो समाजलाई बुद्धिजीवीकरण गर्ने अभियानका साथ अगाडि बढिरहेको र विद्यार्थीको शैक्षिक भविष्यमाथि खेलबाड गर्ने अधिकार कसैमा नभएको बताए ।
नवनिर्वाचित भक्तपुर जिल्लाका ४ वटै नगर कार्यसमितिका पदाधिकारी र भक्तपुर नगरपालिकाका मेयरबीच परिचयात्मक कार्यक्रम तथा समसामयिक विषयमा अन्तरकृया गर्न आयोजित उक्त कार्यक्रममा भक्तपुर नगर कार्यसमितिका अध्यक्ष रमेश चन्द्र श्रेष्ठले सबैलाई स्वागत गर्दै २०७५ चैत्र महिनासम्म र २०७६ को कार्ययोजना प्रस्तुत गरेका थिए । उनले स्थानीय पाठ्यक्रम अन्तर्गत पौष ८ गते भक्तपुर नगरपालिका मातहतका सबै प्याब्सन विद्यालयहरुको सहभागीतामा योमरी बनाउने प्रतियोगिता हुन लागेको जानकारी दिए । उनले स्थानीय पाठ्यक्रमलाई जोड दिदैँ र नगरपालिकाको उद्देश्यलाई साकार बनाउन शिक्षकहरुलाई माघ १ महिना रन्जना लिपीको तालिम दिने बताए । उनले बालमैत्री वातावरण सिर्जना गर्ने उद्देश्यले प्रिस्कुलका शिक्षकहरुलाई तालिम दिने बताए ।
कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले सामुदायिक र निजी विद्यालयलाई समान रुपमा हेरेको र भक्तपुर नगरको शैक्षिक स्तर वृद्धिमा निजी विद्यालयको महत्वपूर्ण योगदान रहेको बताए । भक्तपुर नगरपालिकाको अनुमतिविना एनजीओ र आईएनजीओमार्फत कुनै पनि सहयोग र काम–कारबाही नगर्न आग्रह गर्दै प्रमुख प्रजापतिले निजी विद्यालयहरु पनि नगरपालिकासँग समन्वय गरी अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय एकाइका प्रमुख हरिप्रसाद दाहालले भक्तपुर नपा शिक्षा क्षेत्रमा मुलुककै उत्कृष्ट नपा भएको र शिक्षाको गुणस्तर वृद्धिको निम्ति विभिन्न तालिमहरुको आवश्यकता औंल्याउनुभयो । प्याब्सनका नगर अध्यक्ष रमेशचन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्याब्सन जिल्ला कार्य समितिका अध्यक्ष श्रीकृष्ण केसी, सल्लाहकार भक्त राजभण्डारी, महेन्द्रप्रसाद मास्केलगायतले बोल्नुभएको थियो ।
:988 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव