म्याप्स कपको उपाधी गोल्डेन सुनगाभा र चाणक्यलाई

चाणक्य माध्यमिक विद्यालयको आयोजनमा म्याप्स स्तरीय फुटसल प्रतियोगिताको उपाधी गोल्डेन सुनगाभा स्कूलले हात पार्न सफल भएको छ । त्यस्तै पौष ३ गते म्याप्स स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधी चाणक्य स्कुलले पाएको छ ।
म्याप्समा आवद्ध विभिन्न विद्यालयहरुको सहभागिता रहेको उक्त प्रतियोगिताहरुमा फुटसलमा द्वितीय स्थान फुलब्राइट स्कूलले प्राप्त गरेको थियो भने नृत्य प्रतियोगितामा क्रमशः गोल्डेन सुनगाभा स्कुल द्धितीय र शंकर नेशनल स्कुल तृतीय भएका थिए ।
विद्यार्थीको सर्वाङ्गीण विकासको लागि तत्पर भक्तपुरको कान्छो क्लस्टर म्याम्सले स्थापना कालको केही समयमै विभिन्न कार्यक्रम गरी म्याप्सलाई परिचित गराउन सफल भएको म्याम्सका सचिव महेश गौतमले बताए ।

विजेता विद्यार्थी, फुटसल कोच एवं नृत्य निर्देशकलाई कार्यक्रमका प्रमुख अतिथी जिल्ला शिक्षा तथा समन्वय एकाइका प्रमुख हरिप्रसाद दाहाल तथा विशेष अतिथी भक्तपुर प्याब्सनका अध्यक्ष श्री कृष्ण केसीले मेडल, ट्रफी र प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा भक्तपुर जिल्लाका ४ वटै नगर कार्यसमितिलाई म्याप्सले बधाई एवं शुभकामना दिएको थियो ।

कार्यक्रममा चाणक्य स्कुलका विद्यार्थीहरुको जुनियर र सिनियर गरी गायन तथा नृत्य प्रतियोगिता गरिएको थियो |

:363 Views

Leave a Reply