विव्यसमा चर्को राजनीति, नाम फेर्न सुझाव, अध्यक्ष बन्न अभिभावकलाई दोस्रो प्राथमिकता

काठमाडौं । उच्चस्तरीय शिक्षा आयोगले अहिले कायम हुँदै आएको विद्यालय व्यवस्थापन समिति(विव्यस) को नाम फेर्न सुझाएको छ ।
शिक्षामा सुधारका लागि शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा गठित २४ सदस्यीय उच्चस्तरीय शिक्षा आयोगले विव्यसको नाम फेरेर विद्यालय सहयोग समिति राख्न सुझाएको हो ।
आयोगले धेरै विद्यालय व्यवस्थापन समिति प्रभावकारी नभएको र विव्यसमा धेरै राजनीतिकरण भएको निश्कर्ष निकाल्दै उक्त सुझाव गरेको आयोगको प्रारम्भिक प्रतिवेदनमा छ ।
प्रतिवेदनमा विव्यसको अध्यक्ष छनोटको प्रक्रियाका लागि प्रधानाध्यापकलाई जिम्मा दिनुपर्ने पनि भनेको छ । ‘प्रधानाध्यापकले ३ जनाको नाम सिफारिश गरी स्थानीय सरकारसमझ पठाउने र स्थानीय सरकारले मनोनयन गर्ने व्यवस्था गर्ने, विद्यालय सहयोग समितिको अध्यक्षको लागि पहिलो प्राथमिकता विद्यालयका संस्थापक वा संस्थापक परिवार मध्येबाट एक, दोस्रो प्राथमिकता अभिभावक र तेस्रो प्राथमिकता शिक्षा प्रेमीमध्येबाट गर्ने’ प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै सो समिति ठूलो नबनाउने जम्मा ७ सदस्यीय बनाउने, त्यसमा एक जना अध्यक्ष, प्रअ सदस्य सचिव हुने र एकजना वडा प्रतिनीधि र अन्य चारजनामा एक जना संस्थापक परिवार, अभिभावक र शिक्षाविद्बाट ३ जना राख्ने कार्य सामुदायिक बनोटको आधारमा हरेक कोणबाट समानुपातिक, समावेशी बनाउने कार्य समेत गरिएको हुनुपर्ने छ ।
प्रतिवेदनमा विद्यालय सहयोग समिति समुदायको प्रतिनीधिको रुपमा रहने व्यवस्था गर्ने पनि उल्लेख छ ।
:1706 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव