सुदेशामा पुस्तक प्रदर्शनी

ललितपुर—सुदेशा स्कुलमा एकदिने पुस्तक प्रदर्शनी सम्पन्न भएको छ । कक्षा ४ र ५ का विद्यार्थीले लेखेका ४५ वटा कथाका पुस्तक बिमोचन तथा प्रदर्शनीमा राखिएको थियो । विद्यार्थीहरुले आफुले कुन सन्दर्भमा पुस्तक लेखे, कथा बस्तु के थियो भन्ने कुरा प्रदर्शनी अबलोकन गर्न आएका आगन्तुकलाई प्रस्ट पारेका थिए । उक्त कार्यक्रममा नेपाली साहित्यसँग सम्बन्धित रमाईला खेलको आयोजना गरिएको थियो । कार्यक्रममा लेखकसँगको अन्तरकृयामा बाल साहित्यकार अनुराधा ठकुरी, गितेश प्याकुरेल तथा साहित्य चित्रकार सुमन महर्जनले आफ्ना पाठकहरुसँग अन्तरकृया गरेका थिए ।
कार्यक्रममा बालबालिकाको यो उन्नत प्रायसको सबैले मुक्त कन्ठले प्रसंशा गरेका थिए । सानै उमेरमा साहित्य प्िरी उत्साह जगाउन सकियो भने पछि एक कुसल साहित्यकार जन्मिने बिश्वास छ अभिभाबक साबित्री दाहालको । उक्त कार्यक्रम नेपाली शिक्षक पुष्पा खतिवडाको संयोजनमा सम्पन्न भएको थियो ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव