मन्टेश्वरी किन्डरवल्डमा हजुरबुबा हजुराआमा दिवस

काठमाडौं, पुस ६ । मन्टेश्वरी किन्डरवल्र्ड सोल्टिमोडका विद्यार्थीहरुले हजुरबुबा हजुरआमा दिवस मनाएका छन् । कमै मात्रामा विद्यालयले आयोजना गर्ने हजुरबुबा हजुरआमा दिवस प्ले गु्रपदेखि प्रि टुसम्मका विद्यार्थीहरुद्वारा मन्टेश्वरी किन्डरवल्र्ड सोल्टिमोडमा धूमधामका साथ मनाइएको छ । उक्त कार्यक्रममा विद्यार्थीहरुले हजुरबुबा र हजुरआमाहरुलाई स्वागत तथा सम्मान गरेका थिए । मन्टेश्वरी किन्डरवल्र्डका शिक्षिका तथा विद्यार्थीहरुले गीत, संगीत र नृत्य गरेर मनोरञ्जन समेत गरेका थिए । कार्यक्रमको संचालन प्रि टुका भाइबहिनीहरुले गरेका थिए ।

:250 Views

Leave a Reply