पढ्न पठाउन ६१ हजारलाई नो अब्जेक्सन लेटर

abroad study

काठमाडौं, १० जेठ । उच्च शिक्षा अध्ययनका लागि कूल ६१ हजार ३५१ विद्यार्थीले स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) लिएका छन् ।

आव २०७२÷७३ मा यसको झण्डै आधा संख्या अर्थात् ३२ हजार ४८९ ले विदेशमा उच्च शिक्षाका लागि स्वीकृति लिएका थिए । आव २०७३÷७४ मा यो संख्या बढेर ५० हजार ६५९ पुगेको चालु आवको दुई महिना बाँकी रहँदै थप वृद्धि भई ६० हजारभन्दा बढीले स्वीकृतिपत्र लिएको देखिएको छ ।

स्वदेशको उच्च शिक्षाको अध्ययन गुणस्तरीय र आकर्षक नभएको तथा शैक्षिक बेरोजगारीको समस्या कायम रहेको नाममा बर्षेनी विदेशमा अध्ययन गर्ने विद्यार्थी बढ्ने गरेको देखिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्ति शाखाका अनुसार चालु आर्थिक वर्षको हालसम्मको अवधिमा मात्रै विश्वका ७२ मुलुकका शिक्षालयमा अध्ययन प्रयोजनका लागि जाने गरेको जनाएको छ । केशरमहलस्थित सो शाखाका प्रमुख देवीप्रसाद उपाध्याय पौडलका अनुसार दैनिक सरदर २०लिने गरेका छन् ।

तथ्यांक नुसार उच्च शिक्षा अध्ययनका लागि सबैभन्दा बढी यो वर्ष पनि अष्ट्रेलिया विद्यार्थीको पहिलो रोजाइमा परेको देखिन्छ । चालू आवको गत साउन २ गतेदेखि यही जेठ ४ गतेसम्मको विवरणअनुसार सो मुलुकमा ३२ हजार २३६ ले स्वीकृतिपत्र लिएका छन् ।

यस्तै सो अवधिमा जापानका लागि ११ हजार ९४, संयुक्त राज्य अमेरिकाका लागि दुई हजार ४५८, चीनका लागि एक हजार ९९६, भारतका लागि एक हजार ९७०, पोल्याण्डका लागि एक हजार ४३२, क्यानडाका लागि एक हजार १८६ र दक्षिण कोरियाका लागि एक हजार ८६ ले स्वीकृतिपत्र लिएको देखिएको छ । रोमानिया, भियतनाम, युक्रेन, आइसल्याण्डजस्ता मुलुकका लागि एक दुई जनाले मात्र अध्ययन स्वीकृति पत्र लिएका छन् ।

:589 Views

Leave a Reply