जिल्लाब्यापी हाजिरीजवाफ प्रतियोगितामा फुलब्राइट स्कूलले जित्यो दुई वटा उपाधी

भक्तपुर । पवित्र हलेसीधाम बचत तथा ऋण सहकारी संस्था लि. द्वारा आयोजना गरिएको जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा फुलब्राइट स्कूलले प्रथम र द्वितीय स्थान हासिल गर्न सफल भएको छ ।
सिभिएम स्कूलमा भएको उक्त कार्यक्रममा फुलब्राइट स्कूलका प्रतिनिधि रशिका आचार्य र हिमाञ्चल न्यौपानेले प्रथम स्थान हासिल गर्न सफल भए भने आदेश खनाल र सन्देश बूढाथोकीले ट्ठितीय स्थान हासिल गर्न सफल भएका हुन् ।
भक्तपुरका विभिन्न विद्यालहरुको सहभागिता रहेको कार्यक्रममा सिभिएम स्कूल तृतीय तथा जनप्रेमी स्कूलले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
हरेक वर्ष आयोजना हुने प्रतियोगितामा यस वर्ष केही नियमहरु परिवर्तन गरी नयाँ ढङ्गले कार्यक्रम गरिएको थियो ।
प्रथम स्थान हासिल गर्न सफल टोलीले नगद रु पाँच हजार रनिङ सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे भने उपविजेता टोलीले नगद रु तीन हजार, सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव