प्याब्सनभित्र राजनिती गर्नु हुँदैन—मेयर श्रेष्ठ

मध्यपुर थिमि— मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) भित्र राजनिती नगर्न आग्रह गरेका छन् । मध्यपुरथिमि प्याब्सन नगरकार्य समितिका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई, शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले निजी विद्यालयले दिँदै आएको १० प्रतिशत छात्रवृत्ति मध्ये २०७६ सालदेखि ५ प्रतिशत छात्रवृत्ति मध्यपुरथिमी नगरपालिकाले परीक्षा लिएर मेहनत र जेहेन्दार विद्यार्थीैलाई दिने बताए ।
उनले यो वर्षदेखि कक्षा ८ को परीक्षा नगरपालिकाले नै लिने, नगरका विद्यालय बीच विभिन्न अतिरिक्त क्रियाकलाप गर्ने र स्थानीय पाठ्यक्रम बन्दै गरेको जानकारी दिएका थिए ।
मन्टेश्वरी भनेर खुलेका मन्टेश्वरी स्कुललाई १ कक्षाको स्वीकृति नदिने र विना स्वीकृति चलाए कारवाही हुने उनले बताए ।
कार्यक्रममा भक्तपुर प्याब्सनका वरिष्ठ उपाध्यक्ष चन्द्र अधिकारीले निजी विद्यालयको स्थापनादेखि नै निजी विद्यालयलाई अवरोध बाबजुत पनि यहाँसम्म आएको र निजी विद्यालयलाई सरकारले नबाध्ने हो भने निजी विद्यालयले ठूलो फड्को मार्ने बताए ।
त्यस्तै प्याब्सन केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमालले शिक्षाको समस्याबारेमा प्याब्सनले राष्ट्रपतिलाई जानकारी गराएको बताउँदै सरकारले नीजि विद्यालयलाई प्राविधिक शिक्षाको अनुमति नदिएर विभेद गरेकाले यो विभेदको अन्त्य हुनुपर्नेमा जोड दिइन् ।
प्याब्सन भक्तपुरका वरिष्ठ सल्लाहकार भूवनलाल श्रेष्ठले मध्यपुरथिमिलाई देशकै नमूना र उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन निजी विद्यालय र स्थानीय सरकारले संयुक्त पहल गर्नु पर्नेमा जोड दिए ।
भक्तपुर प्याब्सनका अध्यक्ष श्री कृष्ण केसीले क्लस्टरहरुले र जिल्ला प्याब्सनले गर्न नसकेका क्रियाकलाप मध्यपुर प्याब्सन नगरकार्यसमितिले गर्न आग्रह गरेका थिए ।
मध्यपुरथिमि प्याब्सन नगर कार्यसमितिका अध्यक्ष एवं कार्यक्रमका सभापति निलेश आचार्यले मध्यपुरका शिक्षक तथा विद्यालयलाई उत्कृष्ट बनाएर नगरलाई ब्राण्ड बनाएर लाने बताए । उनले मध्यपुरमा शिक्षाको स्वर्णकाल सुरु भएको र नगरपालिकाको सहयोगमा मध्यपुर नगर भित्रका शिक्षण संस्थालाई चिरपरिचित बनाएर अगाडि जानुपर्नेमा जोड दिएका थिए ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव