काव्य गायनका विजेता निश्चय,उमंग र अभिनव

काठमाडौं, ८ पुस । काव्य स्कुल नयाँबानेश्वरले आयोजना गरेको तेस्रो काव्य गायन प्रतियोगितामा निश्चय ढकाल, उमंग लुइँटेल र अभिनव सिलवाल उत्कृष्ट गायक भएर पुरस्कार जितेका छन् ।
विद्यालयका ४ दर्जन विद्यार्थीले भाग लिएको सो प्रतियोगितामा १ देखि ३ कक्षासम्मको समूहमा निश्चय ढकाल पहिलो, निक्सन मैनाली दोस्रो, आवानी पोखरेल तेस्रो भए भने प्राश्वी पौडेलले सान्त्वना पुरस्कार पाए ।
यसैगरि ४ देखि ६ कक्षासम्मको समूहमा उमंग लुइँटेल पहिलो, अब्रिती रेग्मी दोस्रो,सुरभि गुरागाई तेस्रो भए भने आकांक्षा ढकालले सान्त्वना पुरस्कार पाइन ।
यसैगरि ७ देखि ९ कक्षासम्मको समूहमा अभिनव सिलवाल पहिलो, सुमन गुरुंग दोस्रो, अनुज्ञा सापकोटा तेस्रो भए र रोम भट्टले सान्त्वना पुरस्कार पाए ।
चर्चित गायीका लोचन भटट्राई प्रमुख निर्णायक रहनुभएको सो प्रतियोगिताका विजयी विद्यार्थीलाई गायीका भट्टराई तथा काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले ट्रफि, पदक र प्रमाणपत्र वितरण गर्नुभयो ।
वरिष्ठ संगीत शिक्षक कैलाश राई र राजकुमार समालले काव्य स्कुलमा संगीत कक्षा लिँदै आउनुभएको छ ।
:814 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव