छैठौं विद्या संस्कार शिक्षक फुटसलको उपाधि क्याम्ब्रिजलाई

काठमाडौं, ८ पुस । चेल्सी इन्टरनेशनल एकेडेमी अन्तर्गतको विद्यासंस्कार स्कुल मध्यबानेश्वरले शनिबार आयोजना गरेको छैठौं विद्यासंस्कार अन्तरविद्यालय शिक्षक फुटसलको उपाधि क्याम्ब्रिज पब्लिक स्कुल, पुरानो बानेश्वरले जितेको छ भने भ्याली भ्यू स्कूल, मध्य बानेश्वर दोस्रो भएको छ ।
पहिलो हुने टीमले नगद २० हजार र दोस्रो हुने टीमले १० हजार रुपैयाँ सहित ट्रफि, पदक र प्रमाणपत्र पाएको छ । फाइनल खेलमा १—० ले भ्याली भ्यूलाई हराएर क्याम्ब्रिज पब्लिक स्कूलले उपाधि जितेको हो ।
क्याम्ब्रिज पब्लिक स्कुलका शिक्षक निर्जन राई बढी गोलकर्ताको रुपमा दरिए । उनले ४ गोल गरेका थिए । यसैगरि क्याम्ब्रिज पब्लिक स्कुलकै शिक्षक प्रताप राई फाइनल खेलको म्यान अफ द म्याच घोषित भए ।
विद्या संस्कार स्कूलका रोशन राईले मस्ट इन्स्पायरिंग प्लेयरको पुरस्कार पाए भने द एक्सेल्सर स्कुल स्वयम्भुले फेयर प्लेको पुरस्कार पायो । यसैगरि उत्कृष्ट गोलरक्षक भ्याली भ्यू स्कुलका अजित महर्जन भए भने सोही विद्यालयका इचि महर्जन बेस्ट प्लेयर अफ द टुर्नामेण्ट भए ।
प्रतियोगितामा बानेश्वर रिक्रियसन सेन्टरको फुटसलमा आयोजित सो प्रतियोगितामा आयोजक विद्यालयका शिक्षक टोली सहित एक दर्जन विद्यालयका शिक्षकहरुले भाग लिएको विद्या संस्कार स्कुलका खेलकूद विभाग प्रमुख राजन न्यौपानेले बताउनुभयो ।
विजयी खेलाडी र विद्यालयलाई अखिल नेपाल फुटसल संघका संयोजक दावा लामा तथा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख डिएसपि गोविन्दराज काफ्लेले नगद, ट्रफि, पदक र प्रमाणपत्र वितरण गर्नुभयो ।
विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरुबीच भाइचारा कायम गर्दै पुर्नताजगी बनाउने उद्धेश्यले शिक्षकहरुबीच फुटसल प्रतियोगिता आयोजना गरिएको विद्या संस्कार स्कुलको शैक्षिक तथा प्रशासन प्रमुख प्रणय मोक्तानले बताउनुभयो ।
विद्यालयले यसअघि ५ वटा शिक्षक फुटसल सफलतापूर्वक आयोजना गरिसकेको छ ।
:617 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव