जिल्लाव्यापी माध्यमिक स्तरीय एकल गायन प्रतियोगिताको उपाधि आश्रय रंजितलाई

भक्तपुर । मध्यपुर थिमिको सुप्रिम एकेडमीमा आयोजित ‘जिल्लाव्यापी माध्यमिक स्तरीय एकल गायन प्रतियोगिता २०७५’ को उपाधि विनायक स्कुलका आश्रय रंजित घोषित भएका छन् ।
कार्यक्रममा जिल्लाका २४ विद्यालयबाट ३५ जना प्रतिस्पर्धी सहभागी थिए । रंजितले कर्णदासको ‘ठुला ठुला महल होइन’ बोलको गीत गाएर ३४ जना प्रतिस्पर्धीलाई पछाडि पारेका हुन् ।
कार्यक्रममा सिद्धार्थ विद्यापीठका शिर्षक भट्टराई दोस्रो र ग्लाडस्टोन एकेडमीका निखिला बस्नेत तेस्रो भएका थिए । त्यस्तै चाणक्य माध्यमिक विद्यालयका डेविड खड्गीलाई सान्त्वना पुरस्कार दिइएको थियो । प्रतियोगितामा वरिष्ठ संगीतकार राजु सिंह तथा चर्चित गायिका प्रास्ना शाक्य निर्णायकको भूमिकामा रहेका थिए ।
:592 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव