प्याब्सनको योमरी प्रतियोगितामा माउन्ट भ्याली स्कुल प्रथम

भक्तपुर, प्याब्सन नगर समिति भक्तपुरको आयाजेनामा आयोजित प्याब्सन अन्तरविद्यालय योमरी बनाउने प्रतियोगितामा माउन्ट भ्याली स्कुल प्रथम भएको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कुनै पनि काम सानो नहुने बताउनुहुँदै आफूसँग सीप भए कहिल्यै भोको बस्न नपर्ने बताए । योमरी बनाउने प्रतियोगिताले विद्यार्थीलाई उत्साहित बनाएको बताउँदै नयाँ पुस्तालाई योमरी बनाउन सीप सिकाउने राम्रो प्रयास भएको र व्यवसायिक रुपमा विकास गर्न मद्दत पुग्ने बताए ।
कार्यक्रममा संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःले भक्तपुर नगरपालिकाले स्थानीय चाडपर्व, संस्कृति जगेर्नालगायतमा उल्लेखनीय कार्य गरिरहेको र भक्तपुरका प्रत्येक विद्यालयमा संस्कृति कक्षा तथा अभिमुखीकरण कार्यक्रमहरूको आवश्यकता औल्याएका थिए ।
संस्कृतिविद् ओम धौभडेलले नेपाल मण्डलको इतिहास, संस्कृति र स्वास्थ्यसँग जोडिएको सभ्यतालाई निरन्तर जोगाइराख्नुपर्ने र योमरी प्रतियागिताले यहाँका कला–संस्कृति सम्पदा संरक्षण कार्यमा मद्दत पुग्ने बताए ।
कार्यक्रमका सभापति एवं भक्तपुर प्याब्सन नगरकार्यसमितिका अध्यक्ष रमेश चन्द्र श्रेष्ठले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिन, योमरी बनाउने तरिका र योमरीको बारे विद्यार्थीहरुलाई जानकारी दिन कार्यक्रम गरेको जानकारी दिएका थिए ।
भक्तपुर १३ वटा विद्यालयहरूबीच भएको उक्त प्रतियोगितामा गोल्डेन गेट स्कूल द्वितीय, सुर्योदय स्कूल तृतीय र मनकामना इङ्गलिश स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र र विजयी प्रतियोगीहरूलाई पुरस्कार वितरण गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव