न्यू डायमण्ड, थ्रीस्टार र आयोजक एजे फाइनलमा, पुरस्कार राशिमा वृद्धि

भक्तपुर, ११ पुस । भक्तपुरमा जारी विद्यालयस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिताको फाइनलमा न्यू डायमण्ड, थ्रीस्टार र आयोजक एजे स्कुल भिड्ने भएका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजारस्थित आर्दश ज्योति (एजे) स्कूलले आयोजना गरेको विद्यालयस्तरीय पाँचौं एजे कप भलिबल प्रतियोगिताको मंगलबार भएको सेमिफाइलन खेलमा आफ्ना प्रतिद्वन्द्वीलाई पछि पार्दै छात्रातर्फ न्यू डायमण्ड र थ्रीस्टार स्कुल, छातर्फ थ्रीस्टार आयोजक एजे स्कूलले फाइनलको यात्रा तय गरेको हो ।
सेमिफाइनल अन्तर्गत छात्रा तर्फको खेलमा पारामाउण्ट र न्यू डायमण्डबीचको खेलमा न्यू डायमण्डले पारामाउण्टलाई सोझो सेटमा पराजित गरेको थियो ।
खेलमा न्यू डायमण्डले पारामाउण्टविरुद्ध २५–२१ र २५–११ अंक बटुलेको थियो । यसै गरी थ्रीस्टार र ख्पप कलेजबीचको खेलमा थ्रीस्टारले ख्वप कलेज विरुद्ध २५– ९ र २५–११ अंक हासिल गरी फाइलनमा पुगेको थियो ।
छात्रतर्फको सेमिफाइनलमा गीताञ्जलि थ्रीस्टारबीच भएको स्पर्धामा थ्रीस्टारले जीत हासिल गरेको थियो । स्पर्धामा थ्रीस्टारले गीताञ्जलिका विरुद्ध २५–२२ र २५–१९ को अंक हासिल गरी जीत निकालेको थियो ।
आयोजक एजे र श्रीपद्मबीचको खेलमा आयोजक एजेले श्रीपद्मलाई २५–२० र २५–२० को अंकका साथ सोझो सेटले पराजित गरेको थियो ।
विजयी टीमहरुले आआफ्ना प्रतिद्वन्द्वीलाई हार चटाउँदै फाइलनमा प्रवेश गरेको प्रतियोगिता संयोजक भलिबल खेलका राष्ट्रिय खेलाडी एवं रेफ्री रुकेश शाहीले जानकारी दिए ।
प्रतियोगितामा काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेका विद्यालयहरुसहित २० विद्यालयले सहभागिता रहेको थियो ।सरकारले भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गरिसकेको अवस्थामा भलिबल खेलप्रति नयाँ पुस्ताको आर्कषण बढाउनका लागि गरिएको उपत्यकाव्यापी विद्यालयस्तरीय प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई शिल्ड, मेडल, प्रमाणपत्रका साथै नगद पुरस्कारसमेतको व्यवस्था छ ।
आयोजकका अनुसार प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने टीमलाई प्रदान गरिने नगद पुरस्कारमा परिवर्तन गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम कुश्माले खेलकुदप्रति बढिरहेको आर्कषणलाई मध्यनजर गरी नगद पुरस्कारमा नगद राशी बढाइएको बताए ।
यसअघि प्रथम हुने टीमले रु. १० हजार, द्धितीय हुने टीमले रु. ५ हजार र तृतीय हुने टीमले रु. ३ हजार नगद पुरस्कार पाएकामा यो पटकदेखि भने प्रथम हुने टीमले नगद रु. पन्ध्रहजार, द्धितीय हुने टीमले १० हजार र तृतीय हुने टीमले ५ हजार पाउने छन् ।
गत पुस ७ गतेदेखि आयोजक विद्यालयको प्राङ्गणमा भइरहेको सो प्रतियोगिताको समापन कार्यक्रममा हालै थाइल्याण्डमा सम्पन्न विश्व शारीरिक सुगठन प्रतियोगिताका स्वर्णपदक विजेता महेश्वर मर्हजनलाई सम्मान गरिने विद्यालयका प्रिन्सिपल कृष्णराम दुवालले जानकारी दिए ।
:735 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव