‘विद्यालयस्तरबाटै राष्ट्रिय खेलाडी उत्पादन गर्नुपर्ने’

भक्तपुर, १२ पुष । नेपाल भलिबल संघका केन्द्रीय अध्यक्ष मनोरञ्जन रमण शर्माले सरकारले भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गरिसकेको अवस्थामा विद्यालयस्तरबाटै राष्ट्रिय भलिबल खेलाडी उत्पादनको तयारी गर्नुपर्ने बताएका छन् ।
भक्तपुरको कटुन्जेस्थित स्प्रिङ्गडेल इङ्लिश सेकेण्डरी बोडिङ स्कूलको आयोजनामा भइरहेकोे ‘नवौं विद्यालयस्तरीय तथा दास्रो उपत्यकाव्यापी स्प्रिङ्गडेल कप भलिबल प्रतियोगिता’ मा बुधबार कार्यक्रम उद्घटन गर्दै उनले विद्यालयले नै भलिबललाई जोड दिनुपर्नेे बताएका छन् ।
यसले अन्तराष्ट्रियस्तरको खेलमा सहभागी भई विद्यार्थीहरु विदेशमा भ्रमण गर्न जाने अवसर पनि सृजना गरेको बताउँदै उनी भन्छन्, ‘९ वर्षदेखि नै स्कुलले भलिबल प्रतियोगितालाई जोड दिएकाले स्कुलबाट राष्ट्रिय खेलाडी उत्पादन हुने आशा गरेको छ ।’
कार्यक्रमका संयोजक तथा स्कुलका कार्यकारी निर्देशक बिजु श्रेष्ठका अनुसार भलिबल सानो ठाउँ, थोरै लगानी र धेरैले खेल्न मिल्ने खेल भएकाले स्कुलले ६४ सालबाटै यो खेल खेलाउँदै आएको छ । आजसम्म कुनै पनि भलिबल प्रतियोगिताबाट स्कुल खाली हात नफर्केको उनको दाबी छ । ‘केही न केही अझ भनौ बढि जसो बिजेता नै भएको हुन्छ । जुनियर राष्ट्रिय विद्यालयस्तरीय भलिबल प्रतियोगितामा स्कुल २ पटक जित्न सफल भएको थियो ।’ उनले थपे, ‘यही स्कुलबाट धेरै विद्यार्थीहरु राम्रा खेलाडि र रेफ्ली बन्न सफल भएका छन् ।’
खेलका मुख्य रेफ्लीमा राष्ट्रिय रेफ्ली तथा जिल्ला भलिबल संघ काभ्रेका उपाध्यक्ष हरिनारायण श्रेष्ठ छन् । पहिलो दिनको खेलमा छात्रतर्फ श्री पद्म, जनप्रेमी, ज्ञानकुञ्ज, आदर्श, आयोजक स्प्रिङ्गडेल (निलो) र स्प्रिङ्गडेल (पहेलो) टीमले विजयी सुरुवात गरेको छ ।
खेलअन्तर्गत श्री पद्म र सैनिक स्कूलबीच भएको खेलमा श्री पद्मले क्रमशः २५–१६, २५–१५ र आदर्श जनप्रेमी र आयोजक स्प्रिङ्गडेल (पहेलो) बीचको खेलमा जनप्रेमीले २५–११, २५–९ को सोझो सेटमा जितेका थिए ।
त्यसैगरी ज्ञानकुञ्ज प्रतिष्ठानले ख्वप सेकेण्डरी स्कुलविरुद्ध २५–१६, २१–२५, २५–१६ तथा आयोजक स्प्रिङ्गडेल (निलो) ले सूर्यदिप स्कुल विरुद्ध २५–१६, २५–२१ को अंक हासिल गरेका थिए । थ्रिस्टार र ज्ञानकुञ्जको खेलमा थ्रिस्टारले २५–१०, २५–१५ ले जीत हासिल गरेको थियो ।
खेलमा न्युटन इङ्लिश स्कुल र सेन्ट डेभिलका खेलाडीहरु अनुपस्थिति भएको आयोजकले जनाएका थिए ।
स्पर्धामा भक्तपुरको ५, काठमाडौंको ६, ललितपुरको १ र काभ्रेको १ स्कुल गरी जम्मा १३ स्कुलको सहभागिता हुने आयोजकले जनाएको छ ।
उपत्यकाव्यापी विद्यालयस्तरीय प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई शिल्ड, मेडल, प्रमाणपत्रका साथै नगद पुरस्कारसमेतको व्यवस्था छ । विद्यालयका प्रिन्सिपल शिवजी श्रेष्ठका अनुसार प्रतियोगितामा प्रथम हुने टीमले रु १५ हजार, द्धितीय हुने टीमले रु १० हजार र तृतीय हुने टीमले रु ५ हजार नगद पुरस्कार पाउनेछन् भने प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, प्लेयर अफ दि टुर्नामेन्टलाई पुरस्कृत गरिने छ । खेल पुस १४ गते शनिबारसम्म हुने छ ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव