‘उन्नत समाज विकासका लागि चेतना विकास चरणमै बालबालिकालाई तयार गर्नुपर्ने’

भक्तपुर, १२ पुस । नेपाल ओलम्पिक समितिका अध्यक्ष जीवन राम श्रेष्ठले भोलीको उन्नत समाज विकासका लागि बालबालिकाको चेतना विकासको चरणमा नै उनीहरुलाई तयारी गर्नुपर्ने बताएका छन् ।
‘जित्नुभन्दा सहभागी हुनु महत्वपूर्ण हो’ भन्ने नाराका साथ अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एशोसियशन (एकता) ले मंगलबार आयोजना गरेको ‘किन्डर ओलम्पिक्स’ कार्यक्रममा बालबालिकाको ओलम्पिकमा रुचि बढाउन साना नानीबेलादेखि नै ओलम्पिकका विषयमा जानकारी दिन आवश्यक रहेको बताउँदै उनी भन्छन्, ‘यस्ता क्रियाकलापले नानीबाबुको चेतना विकासमा सकरात्मक प्रभाव पार्छ । यसले पछिसम्म सक्रिय जीवन बिताउन सिकाउँछ ।’
ओलम्पिक खेलकुद मात्र नभएर सामूदायिक विकासको विषय र शारिरीक, मानसिक, शान्तिका अभियान, विश्वको भाइचाराका विषय जोडिने माध्यमका रुपमा ओलम्पिक रहेकोमा यसलाई जोड दिनुपर्ने उनले बताएका थिए ।
किन्डर ओलम्पिक्समा विद्यार्थीहरुले जीम्न्यास्टिक, कराते, जुम्बा, टेक्वान्डो जस्ता खेल प्रदर्शन गरेका थिए । नानीबाबुलाई १८ किसिमको खेल खेलाइएको थियो भने सहभागी सबै स्कुललाई ट्रफी र प्रत्यक विद्यार्थीलाई मेडल प्रदान गरिएको थियो ।
अङ्कुर, अन्सरा, बालमैत्री प्रतिष्ठान, ब्लुबेल, बोधीविक्ष, युरो किड्स काडाघारी, हाम्रो बालसंसार, किड्स प्याराडाइज, किन्डरजोय, संस्कृत अन्तराष्ट्रिय, सेमरक लिटिल हार्बट, सेमरक स्मल स्टेप र स्प्रिङ्गबेल्स प्रि–स्कुल गरी जम्मा १३ स्कुलबिचको खेल मंगलबार भएको थियो भने बाकी १३ स्कुलको खेल पुस १८ गते बुधबार हुनेछ ।
:662 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव