न्यू डायमण्ड र थ्रीस्टारलाई एजे कप, स्वर्णपदक विजेता महेश्वर मर्हजन सम्मानित

भक्तपुर, ११ पुस । विद्यालयस्तरीय छात्रछात्रा भलिबल प्रतियोगितामा न्यू डायमण्ड र थ्रीस्टारले एजे कपको उपाधि कब्जा गरेको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजारस्थित आर्दश ज्योति (एजे) स्कूलले आयोजना गरेको विद्यालयस्तरीय पाँचौं एजे कप भलिबल प्रतियोगिताको बिहीबार भएको फाइलन खेलमा छात्रातर्फ न्यू डायमण्ड र थ्रीस्टारबीचको खेलमा न्यू डायमण्डले जीत हासिल गरेको हो ।
छात्रातर्फको उपाधि हासिल गर्नका लागि न्यू डायमण्डले थ्रीस्टारलाई २५–१२, २१–२५, २५–२२ र २५–१०को अंकले पछाडि पारेको थियो ।
त्यस्तै छात्रतर्फको फाइनलमा आयोजक एजे स्कुल र थ्रीस्टारबीच भएको खेलमा थ्रीस्टारले जीत हासिल गरेको थियो । खेलमा एजेविरुद्ध थ्रीस्टारले क्रमशः २५–१८, १९–२५, १९–२५ र १२–२५ को अंक हासिल गरेको थियो ।
तेस्रोस्थानको लागि छात्रास्पर्धामा पारामाउण्ट र ख्वप कलेजबीचको खेलमा पारामाउण्टले ख्वपलाई र छात्रतर्फको स्पर्धामा गीताञ्जलि र पद्मबीचको खेलमा गीताञ्जलिले पद्मलाई सोझो सेटमा हराएको थियो ।
प्रतियोगिता संयोजक भलिबल खेलका राष्ट्रिय खेलाडी एवं रेफ्री रुकेश शाहीले प्रतियोगितामा काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेका विद्यालयहरुसहित २० विद्यालयले सहभागिता जनाएको सो स्पर्धामा छात्रतर्फ १६ र छात्रातर्फ १७ टीमको रहमागिता रहेको बताए ।
सरकारले भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गरिसकेपछि सो खेलप्रति नयाँ पुस्ताको आर्कषण बढाउनका लागि गरिएको उपत्यकाव्यापी विद्यालयस्तरीय प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई शिल्ड, मेडल, प्रमाणपत्रका साथै नगद पुरस्कार कार्यक्रमका प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले प्रदान गरे ।
विजयी टीमले नगद रु. पन्ध्रहजार, द्धितीय हुने टीमले १० हजार र तृतीय हुने टीमले ५ हजार पाएका छन् । सोही अवसरमा थाइल्याण्डमा सम्पन्न विश्व शारीरिक सुगठन प्रतियोगिताका स्वर्णपदक विजेता महेश्वर मर्हजनलाई सम्मान गरिएको थियो ।
स्पर्धाअन्तर्गत छात्रातर्फ उत्कृष्ट सर्भरमा पारामाउण्टका सोनी श्रेष्ठ, उत्कृष्ट सेटरमा न्यू डायमण्डका सजिना श्रेष्ठ, उत्कृष्ट स्पाइकरमा थ्रीस्टारका उषा सेर्पाली र छात्रतर्फ उत्कृष्ट सर्भरमा धन सेर्पाली, उत्कृष्ट सेटरमा थकबहादुर गुरुङ र उत्कृष्ट स्पाइकरमा विशाल गुरुङ घोषित भएका थिए ।
प्रतियोगिता अवधिभर उत्कृष्ट खेल सीप प्रदर्शन गरेकामध्ये छात्रातर्फ न्यू डायमण्डका बाल्मिका आचार्र्य र छात्रतर्फ विशाल गुरुङ उत्कृष्ट खेलाडी घोषित भए ।
कार्यक्रममा भलिबलका अन्तर्राष्ट्रिय रेफ्री गौतम लासिवा, संस्थागत विद्यालय संघ नेपाल (इसान) का अध्यक्ष प्रेमजन थापाश्रेष्ठ, जिल्ला भलिबल संघ भक्तपुरका अध्यक्ष विनोदचरण राय, सूर्यविनायक नगरपालिका वडा नंं ६ का वडाध्यक्ष रामेश्वर ध्वँजू, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मालगायतले विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कार दिएका थिए ।
:1036 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव