ख्वपका विद्यार्थी निर्माण सामाग्रीको उत्पादन कम्पनीमा

भक्तपुर । सधै कक्षाकोठाको पढाईमा मात्रै सिमित रहने विद्यार्थीले आइतबार फिल्डमा पुगेर अध्ययन भ्रमण गरेका छन् । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा डिप्लोमा इन सिभिल इन्जिनियरिंग पहिलो वर्ष पहिलो खण्डमा अध्ययनरत विद्यार्थीको एक समूहले निर्माण सामाग्री उत्पादन गर्ने कारखानामा पुगेर एकदिने शैक्षिक भ्रमण गरेका हुन् ।
भक्तपुर च्याम्हासिंहस्थित अध्ययन संस्थानका ४२ जना ओभरसियर पढिरहेका छात्रछात्रा इको प्यानल उत्पादन गर्दै आएको भक्तपुरको हनुमानचास्थित गोर्खा इको प्यानलमा पुगेर अध्ययन भ्रमण गरेका हुन् । विद्यार्थीले हासिल गरेको सैद्धान्तिक ज्ञानलाई प्रत्यक्ष अवलोकनले प्रभावकारी बनाउने हुँदा भ्रमण गराइएको संस्थानका प्रिन्सिपल डा रत्नसुन्दर लासिवाले जनाए ।
ओभरसियर अध्ययन गरिरहेका छात्रछात्राहरुले कारखानाको झण्डै दुई घण्टा अवलोकन गरेको गोर्खा इको प्यानलका प्रोजेक्ट म्यानेजर इन्जिनियर कृष्णसुन्दर कुम्पाखले बताए । विद्यार्थीलाई आफूहरुले उत्पादन गर्दै आएको इको प्यानलकोबारे जानकारी गराएको उनले बताए । साथसाथै उनले कारखानालाई निर्माण सामाग्री अध्ययन संस्थानको रुपमा अगाडि वढाइरहेको पनि जानकारी गराए । आजका विद्यार्थी नै भोलिका इन्जिनियर हुने भएकाले आगामी दिनमा इन्जिनियरिंग संस्थानकोवीचमा हातेमालो गरेर अगाडि वढ्ने योजना रहेको उनले सुनाए ।
स्थायी तथा अस्थायी संरचनाको निर्माणमा बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री गोर्खा इको प्यानल हो । यो भूकम्पप्रतिरोधी हुनुका साथै तीव्र निर्माण सम्भव हुने निर्माण समाग्री हो । भूकम्पपश्चातको तीव्र पुननिर्माणका लागि यसको माग वढी रहेको कम्पनीको भनाई छ । निर्माण सामाग्रीको दुनियाँंमा नयाँंनयाँं निर्माण सामाग्रीहरु बजारमा उपलव्ध भएको बेला भूकम्पप्रतिरोधात्मक र वातावरणमैत्री निर्माण सामाग्री प्रयोग हुनुपर्ने कम्पनीको जोड छ । यसअघि कम्पनीले भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिंग लिवाली भक्तपुरसँंगसँंगै काम गर्ने समझदारी गरेको थियो ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव