‘जाडो शुरु भयो, नो होमवर्क ’

काठमाडौं, १५ पुस । विगतमा जाडो याममा ५० दिन लामो अर्थात मीनपचासको विदा हुन्थ्यो । ५० दिने विदा भन्ने वित्तिक्कै विद्यार्थीहरुको मनै फुरुंग हुन्थ्यो । पढ्न पनि नपर्ने, गृहकार्य पनि गर्न नपर्ने । बस्, खेल्यो, कुद्यो अनि दिन वितायो ।
तर पछिल्लो समयमा त्यो विदा घट्दै गएर दुई हप्तामा खुम्चिएको छ । त्यो दुईहप्ते विदा पनि के विदा ? विद्यालयले २ हप्तासम्म पुग्ने गरि चाहिने भन्दा बढी गृहकार्य थमाएर पठाउँछन । अनि विदा होस की नहोस, विद्यार्थीहरुलाई कुनै फरक नै पर्दैन ।
अहिले केही दिनदेखि जाडो क्रमशः बढीरहेकोले राजधानी लगायत मुलुकभरीका सामुदायीक र निजी विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई भटाभट जाडोको विदा दिन थालिसकेका छन ।
यसै सिलसिलामा राजधानीको नयाँबानेश्वरस्थित काव्य स्कूलले पनि आफ्ना विद्यार्थीहरुलाई १५ दिन लामो जाडो विदा दिएको छ ।
तर विद्यालयले विद्यार्थीहरुको खेल्न र डुल्न पाउने नैसर्गिक अधिकारको संरक्षण गर्दै अभिभावकहरुसंग भनेको छ ‘जाडो विदा भनेको विद्यार्थीलाई पढ्न र लामो गृहकार्य गर्नका लागि होइन, खेल्न र रमाइलो गर्नका लागि मात्रै हो । ’
‘विद्यार्थीलाई इन्टरनेट, भिडियो गेम र कम्प्युटरबाट टाढा रहेर आराम गर्न, अभिभावकहरुसंग रमाइलो गर्न, नयाँनयाँ ठाउँ घुम्न, नयाँनयाँ सिर्जना गर्नका लागि हो’—विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले सामाजिक सञ्जालमार्फत विदाको सूचना प्रवाह गर्दै भनेका छन ।
विद्यालयको स्थापनाकालदेखि नै आफ्ना विद्यार्थीलाई गृहकार्य नदिने विद्यालयको रुपमा परिचित मुलुकको एकमात्र नीजि विद्यालयको रुपमा परिचित काव्य स्कूलले सामाजिक सञ्जालमार्फत भनेको छ, ‘विदामा विद्यार्थीलाई गृहकार्यबाट बचाऔं, विदाको वेलामा कुनैपनि गृहकार्य नदिऔं । ’
विद्यालयले अभिभावकहरुलाई अनुरोध गर्दै भनेको छ ‘विदाको समय आफ्ना छोराछोरीसंग रमाइलो गरि उनीहरुलाई खुसी पारेर मनाउने गर्नुहोस, अनि उनीहरुलाई सुरक्षित तर स्वतन्त्र छोड्नुहोस ।’
‘विद्यार्थीले खुसीसाथ बुझेर पढेको र सिकेको कुरा नै पछि काम लाग्छ, जर्वजस्ती बोकाएको गृहकार्यको भारी केवल भारीमै सीमित हुन्छ, यसले विद्यार्थीमा कुनै ज्ञान दिँदैन’—संस्थापक प्रिन्सिपल बास्कोटाले भने ।
:766 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव