नवनीतको वार्षिक खेलकुद दिवस मनाउँदै विद्यार्थी

काठमाडौं, १६ पुस । काठमाडौंको कुलेश्वरस्थित नवनीत टड्र्लस जोनको वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ ।
शुक्रबार युनाइटेड फुटसलमा गरिएको स्कुलको तेस्रो खेलकुद दिवसमा नवनीत टड्र्लस जोनका विद्यार्थीहरुलाई २८ वटा कार्यक्रममा सहभागिता गराइएको स्कुलका प्रिन्सिपल निता श्रेष्ठले जानकारी दिएकी छिन् ।
अन्तर प्रि–स्कुल रिलेको छात्रतर्फबाट संस्कार प्रि–स्कुल पहिलो, स्ट्याण्डर को–यड हाई स्कुल दोस्रो र नवनीत टड्र्लस जोन तेस्रो भएको थियो भने छात्रातर्फबाट संस्कार प्रि–स्कुल पहिलो, बेबी जोन प्रि–स्कुल दोस्रो र नवनीत टड्र्लस जोन तेस्रो भएको थियो ।
त्यस्तै अन्तर स्कुल रिले खेलमा छात्रतर्फमा प्रथम, द्वितीय र तृतीयमा क्रमशः द इलाइट को–यड स्कुल, स्ट्याण्डर को–यड हाई स्कुल र कुलेश्वर आवास सेकेण्डरी इङ्लिश स्कुल भएका थिए भने छात्रातर्फबाट प्रथम, द्वितीय र तृतीयमा क्रमशः स्ट्याण्डर को–यड हाई स्कुल, कुलेश्वर आवास सेकेण्डरी इङ्लिश स्कुल र नवनीत टड्र्लस जोन भएका थिए ।
अन्तर स्कुल फुटसलमा कुलेश्वर आवास सेकेण्डरी इङ्लिश स्कुल प्रथम, द इलाइट द्वितीय र नवनीत टड्र्लस जोन तृतीय हुन सफल भएका थिए ।
कार्यक्रममा अभिभावक र शिक्षक–शिक्षिकाबिचमा पुरुष र महिलाको छुट्टा छुट्टै रिले खेल भएको थियो । जसमा १६ शिक्षक–शिक्षिका र ३२ अभिभावकले सहभागिता जनाएका थिए ।
कार्यक्रममा राष्ट्रिय फुटबल समुहका कप्तान बिराज महर्जनले विजेता विद्यार्थीलाई मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
:864 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव