स्कुलको रोजाइमा पर्दै गोर्खा इको प्यानल

भक्तपुर । इको प्यानलबाट तीव्र गतिमा निर्माण सम्भब भएपछि स्कुलहरुको रोजाइमा गोर्खा इको प्यानल पर्न सफल भएको छ । गोर्खा इको प्यानल नेपालमै बनेको एकमात्र इको प्यानल (प्रिफ्याब्रिकेटेड प्यानल) हो । भूकम्पपछि देशका करिव ४० जिल्लामा इको प्यानलको प्रयोगबाट धमाधम विद्यालय बन्ने क्रम वढेको छ । स्कुलका लागि कक्षाकोठाको तडकारो आश्यकता पर्ने भएकाले यसको प्रयोगबाट स्कुल बन्ने क्रम वढेको पाइएको छ ।
भक्तपुरको सूर्यविनायक इतवुँंस्थित किकम्पा मन्टेश्वरी इन्टरनेशनल स्कुलका अध्यक्ष देवचन्द्र बज्राचार्यले तीव्र निर्माण सम्भब भएकाले इको प्यानलको प्रयोग गरी स्कुल भबन बनाएको सुनाए । यसले तीव्र निर्माण मात्रै होइन, साउण्ड इन्स्युलेशन (भित्रको आवाज बाहिर र बाहिरको आवाज भित्र नआउने) भएकाले पनि यसको प्रयोगबाट स्कुल भबन बनाएका बताए । उनले कक्षामा ध्वनी प्रदूषण हुन नदिन यो महत्वपूर्ण विषय भएकाले हामीले इको प्यानलको प्रयोगबाट स्कुल भबन बनाएको र इको प्यानलको प्रयोगबाट स्कुल बनाउँंदा डेकुरेशन (सजावट) पनि राम्रो देखिने भएकाले चिटिक्कको स्कुल भवन बनाएको उनले थपे ।
एभरेष्ट इंग्लिश स्कुल मिवाछें व्यासी भक्तपुरका प्रिन्सिपल भक्त राजभण्डारीले छिटो कक्षाकोठा आवश्यक परेकाले इको प्यानलको प्रयोगबाट दुई हजार पाँंच सय वर्ग फिट (झण्डै आधा रोपनी) क्षेत्रफलमा फैलिएको १० कोठे स्कुल भबन बनाएको बताए । आरसीसी ढलान गरेर बनाएको भए वर्षाै लाग्ने भवन इको प्यालन र प्रिकाष्ट तथा फलामको स्ट्रक्चरबाट स्कुल भबन निर्माण गरिएको उनले बताए । यसरी भबन बनाउँंदा तीन महिनाभित्र सम्पन्न भएर कक्षा नै सञ्चालनमा आइसकेको उनले जनाए ।
सवै सामान कारखानामा पहिला नै तयार पारी निर्माणस्थलमा जडान मात्रै गर्ने भएकाले तीव्र निर्माण सम्भब भएको उनले जनाए । विद्यालयको आवश्यकता अनुसार वाल मात्र पनि लगाउन सकिने व्यवस्था भएकोले यो स्कुलको रोजाइमा पर्दै आएको र आरसीसी ढलानमा जस्तो इटा, वालुवा, रोडा थुपारिरहनु नपर्ने भएकोले निर्माण कार्यको क्रममा स्कुलको पढाईमा कुनै वाधा नपुगेको उनले बताए । नयाँं शैक्षिक सत्रका लागि थप कक्षाकोठा आवश्यक भएकोमा तुरुन्त निर्माण सम्पन्न भई कक्षा सञ्चालन गर्न पाएकोमा उनले खुशी व्यक्त गरे । कक्षाकोठामा एउटा कोठाको आवाज अर्काे कोठामा नआएको, माथिको आवाज तल नआएको, पुनप्रयोग गर्न मिल्ने भएकाले स्कुल भबन बनाउँंदा यो प्रविधि उपयुक्त भएको उनको अनुभव छ ।

:625 Views

Leave a Reply