किड्स विन्टर क्याम्प सुरु हुदैं

काठमाडौं, २० पुस । यस वर्षको ‘किड्स विन्टर क्याम्प’ पुष २६ गते बिहिबारबाट सुरु हुने भएको छ ।
माउन्ट सेइब स्कुल र माउन्ट सिनाई इङ्लिश स्कुलको आयोजनामा हुन लागेको शिविरमा उत्हासित क्रियाकलाप, आउट डोर र इनडोर, कला, नृत्य, क्याम्प फायर, स्थलगत भ्रमण, संगित, नाटक प्रस्तुती, कथा बाचन, योगा, खाना बनाउने कक्षा लगायतका क्रियाकलाप हुने शिविर व्यवस्थापन ब्राइट स्कील एजुकेशन सेन्टरको निर्देशक देवना जोशीले बताएकी छिन् ।
शिविरमा स्वास्थ्य परीक्षण पनि गरिने उनले जानकारी दिएकी छिन् । बालबालिकाको जाडो बिदाको सदुप्रयोग गर्न शिविर गरिएको उनले बताइन् ।
जडिबुटिस्थित माउन्ट सेइब स्कुलमा हुने शिविरमा ४ वर्षदेखि १२ वर्षसम्मका बालबालिका सहभागि हुने छन् भने शिविर माघ ४ गते शुक्रबारसम्म चल्ने छ ।
:805 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव