सस्तो मुल्यमा गुणस्तर शिक्षा

ललितपुर, २५ पुष । गंगा जमुना इङ्लिश सेकेण्डरी स्कुलका प्रिन्सिपल पुरुषोत्तम श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय प्याब्सन गोदावरी नगर कार्यसमिति चयन भएको छ । अध्यक्षमा चयन भएपछि श्रेष्ठको सपना छ, नगरका प्याब्सन स्कुललाई देशकै नमुना विद्यालयमा स्थापित गर्ने ।
निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को प्रथम नगर अधिवेशनमा उनले नगरका प्याब्सन स्कुललाई शिक्षा क्षेत्रमा सस्तो मुल्यमा गुणस्तर शिक्षा दिने बताएका छन् ।
सामाजिक विकासको कोषलाई सशक्त किसिमले स्थानान्तरण गर्न र संस्थागत विद्यालय प्रति सकरात्मक धारणा निर्माण गर्र्नमा जोड दिने उनले बताए । कक्षा ८ को परीक्षाको लागि नगरपालिकासँग सहकार्य गरेर सहज गर्ने उनले जानकारी दिए ।
‘छात्रवृत्ति मा १० प्रतिशत र त्यो भन्दा अझ के गर्न सकिन्छ भन्ने छलफल गर्ने छौं ।’ उनले थपे, ‘हाम्रो नगरका प्याब्सकका स्कुलमा अतिरिक्त क्रियाकलाप खासै भएको छैन । त्यसमा हामी स्कुल मिलेर बच्चामा राम्रो किसिमको अतिरिक्त क्रियाकलापलाई अवसर सृजना गर्ने योजनामा छौं ।’ पुष २८ गते शनिबार योजनाका लागि छलफल हुनेछ ।
पुष २३ सोमबार गोदावरीस्थित फुलबारी पार्टी प्यालेसमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा चन्द्र गोविन्द महर्जन(ईन्द्रेणी इङ्लिश सेकेण्डरी स्कुल), सचिवमा गंगाराम डंगोल(टिका भैरव इङ्लिश सेकेण्डरी स्कुल), कोषाध्यक्षमा जगनाथ सिल्वाल(डल्फिन इङ्लिश सेकेण्डरी स्कुल) र सहसचिवमा शोभाश्री श्रेष्ठ(सुनगाभा इङ्लिश स्कुल) छानिएका हुन् ।
त्यस्तै सदस्यमा सुजन देशार(हिलटप माध्यमिक विद्यालय), रामेश्वर देशार(ज्योतिदय इङ्लिश सेकेण्डरी स्कुल), रुपचन्द्र विष्ट(अर्किड मन्टेश्वरी स्कुल), महेश कुँवर(हाम्रो विद्यालय) र पविन थापा(बाल मैत्री स्कुल) चयन भएका छन् भने १ महिला सदस्य चयन हुन बाकी छ ।
गोदावरी नगरपालिकाको प्याब्सनमा ५१ स्कुलहरु सहभागी छन् ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव