सुदेशामा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न (फोटो फिचर)

ललितपुर । लालितपुरको सुदेशा स्कुलमा एक दिने खेलकुद कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।
प्ले गु्रपदेखि ५ कक्षासम्मका विद्यार्थीहरुले विभिन्न कृयाकलापमा सहभागिता तथा प्रतिस्पर्धा गरिएको उक्त कार्यक्रममा मार्च पास्ट पिरामिड तथा साँस्कृतिक झाक्री कार्यक्रमका विशेष आकर्षणको केन्द्र बनेको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय तेक्वान्डो खेलाडी तथा सुदेशाका पूर्व विद्यार्थी आयसा शाक्य प्रमुख अतिथी रहेका थिए । उनले सुदेशाको प्रेरणाले आफु खेलकुदमा अगाडी बढेको कुरा ब्यक्त गरेको थिए ।
अभिभावक, पूर्व विद्यार्थीको बाक्लो उपस्थिती रहेको सो कार्यक्रममा अभिभावक बत्स शाक्यले सुदेशाले विद्यार्थीको विकासमा ध्यान दिएकोमा विद्यालयलाई धन्यवाद प्रकट गरेका थिए ।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक बिराङना महर्जनको सभापतित्व तथा सहायक प्रधानाध्यापक नारायण सापकोटाको उट्घाटन तथा व्यवस्थापनमा सम्पन्न भएको थियो ।

:342 Views

Leave a Reply