बेबिलोनमा लिभरपुलका प्राध्यापक सहितको टोली

काठमाडौं । बेलायतको लिभरपुल जोन मुर्स विश्वविद्यालयका प्राध्यापक डा.सुसन के फ्लावर्सको नेतृत्वमा सो विश्वविद्यालयमा शिक्षा विषयमा स्नातक गरिरहेका दुई विद्यार्थी एमि म्यागी र कोनि शा शान्तिनगरस्थित बेबिलोन नेशनल स्कूलमा आएका छन ।
सो विश्वविद्यालय लिभरपुलमा रहेको प्रशिद्ध सरकारी अनुदान प्राप्त विश्वविद्यालय हो । प्राध्यापक डा.सुसन सहितको सो टोली एक महिने शैक्षिक आदानप्रदान कार्यक्रमका लागि बेबिलोन स्कूलमा आएको हो ।
बेलायती शैक्षिक संस्था ‘ब्रिटिस काउन्सिल’ बाट दुईपटक अन्तर्राष्ट्रिय स्कुल एवार्ड (२०१५—२०१७, २०१७—२०२०) बाट पुरस्कृत बेबिलोन स्कुलमा सो विश्वविद्यालयबाट विगत ७ वर्षदेखि हरेक वर्ष प्राध्यापक तथा शिक्षा विषयका स्नातक तथा स्नातकोत्तरका विद्यार्थी आउने गरेका छन् ।
सो विश्वविद्यालय र बेबिलोन स्कुलबीचको भगीनि सम्वन्धका कारण शैक्षिक तथा सांस्कृतिक आदानप्रदानका लागि लिभरपुल विश्वविद्यालयको टोली विद्यालयमा आएको बेबिलोन स्कूलका प्रिन्सिपल राजु राईले भने ।
यसअघि बेबिलोन स्कुलका प्रिन्सिपल राई पनि सो विश्वविद्यालयको एक महिना लामो शैक्षिक आदानप्रदान भ्रमणमा सहभागी भई फर्केका थिए ।
एक महिने बसाईका क्रममा प्राध्यापक डा.सुसनले माथिल्लो कक्षा र स्नातकका विद्यार्थीले सानो कक्षाका केटाकेटीलाई बेलायती शिक्षण पद्धतिअनुसारका सिर्जनशिल कार्यहरु सिकाउने छन ।
सो विश्वविद्यालयले नेपालको बेबिलोन स्कूलको साथै थाइल्याण्डको एउटा विद्यालयमा हरेक वर्ष आफ्ना स्नातक विद्यार्थी पठाउने गरेको उल्लेख गर्दै बेलायती प्राध्यापक डा.सुसनले नेपालबाट धेरै कुरा सिक्न पाउने र ७ वर्षको अवधिमा आफुहरु सन्तुष्ट रहेको प्रतिक्रिया दिइन् ।
बेबिलोनमा आएको बेलायती टोलीलाई विद्यालयका प्रिन्सिपल राजु राईले विद्यालयको लोगा सहितको क्याप र भाइस प्रिन्सिपल रीता राईले खादा लगाएर विद्यालयमा स्वागत गरे ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव