‘महालक्ष्मीलाई देशकै नमुना शैक्षिक नगर बनाउने’

ललितपुर, २९ पुष । लुभुस्थित नमुना माध्यमिक स्कुलका प्रिन्सिपल कैलाशकुमार मल्लको अध्यक्षतामा ९ सदस्यीय प्याब्सन महालक्ष्मी नगर कार्यसमिति चयन भएको छ ।

अध्यक्ष मल्लले नगरपालिकाका वडासँग ‘सार्वजनिक निजी साझेदारी’ नीतिअन्तर्गत सहकार्य गर्दै महालक्ष्मी नगरपालिकालाई देशकै नमुना शैक्षिक नगरपालिकाका रुपमा चिनाउने योजना रहेको बताएका छन् । उनी नगर प्याब्सनको लक्ष्य लगायतका जानकारी दिन र प्रविधि मैत्री वातावरणको सृजना गर्न वेबसाइट र सफ्टवेयर निमार्ण गर्ने योजनामा छन् ।

‘नगरपालिकामा प्याब्सन सदस्य विद्यालयहरुको एउटै पात्रो बनाएर सिसिए/इसिए कार्यक्रम सञ्चालनदेखि बिदा लगायत धेरै कुरामा एकरुपता ल्याउदै सस्थागत विद्यालयहरुको एकतालाई थप मज्बुद गर्दै लैजाने छु ।’ उनले थपे, ‘इमाडोल, टिकाथली, सिद्धिपुर, लुभुका विद्यालयबाट कम्तिमा ५ वटा ठूला खेल छानेर त्यहि क्षेत्रको पहलमा खेल आयोजना गर्नेछु ।’

अन्तराष्ट्रिय भाइचाराको सम्बन्ध निर्माणका लागि आफ्नो कार्यकाल भित्र कम्तिमा एउटा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक भ्रमण गर्ने र ख्याती कमाएका सामुदायिक र संस्थागत विद्यालयको आन्तरिक भ्रमण गर्दै राम्रा कुराहरुको अनुसरण गर्ने उनले जानकारी दिए ।

पुष २२ गते इमाडोलस्थित ईन्द्रेणी फुडल्याण्डमा सम्पन्न निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) कोे प्रथम नगर अधिवेशनबाट उपाध्यक्षमा आर बि गिरी(फ्युचर स्टार एकेडेमी), सचिवमा एकराज कोइराला( होपभ्याली स्कुल), कोषाध्यक्षमा रिशा महर्जन र प्रमुख सल्लाहकारमा प्रेरणा खरेल(नवकुञ्ज माध्यमिक विद्यालय) छानिएका हुन् ।

त्यस्तै सदस्यमा रबिन्द्र महर्जन(ब्लुम नेपाल), निशा शर्मा(एन्जल लड स्कुल), मिनरोवा जोशी(शुभ आशीर्वाद स्कुल) र केशव दुलाल(अपि स्कुल) चयन भएका छन् ।

:375 Views

Leave a Reply