विद्यार्थी र शिक्षकको सिकाइ बढाउन मेला

सिन्धुपाल्चोक, २ माघ । सिन्धुपाल्चोकको भोताङस्थित भोताङदेवी माध्यमिक विद्यालयले ‘क्षितिज सिकाइ मेला २०७५’ सम्पन्न गरेको छ ।
विद्यार्थीमात्र नभई शिक्षक र शैक्षिक अभियन्ताको पनि सिकाइका साथ साथै शैक्षिक स्थितिको सुधार एवम् प्रवर्द्धन गर्न पुस २७ गते शुक्रबार मेला गरिएको थियो ।
‘विज्ञान, प्रविधि र कलाको प्रवद्र्घन, हामी सबैको सम्बोधन’ मूल नाराका साथ गरिएको मेलाको प्रायोजन पाँचपोखरी थाङपाल गाउँपालिकाले गरेको थियो ।
दशवटा विद्यालयका विद्यार्थीहरुले ३४ वटा विभिन्न स्टलमार्फत आफ्ना सिकाइ प्रस्तुत गरे भने काठमाडौँका विभिन्न स्कुल र कलेजले आफ्ना स्टलमार्फत कक्षा दश पढ्ने विद्यार्थीलाई परामर्श गरेका थिए ।
अठार विद्यालयका लगभग हजार विद्यार्थी, अभिभावक र अन्य अतिथिहरु (स्थानीय प्रशासकीय अधिकृत, विभिन्न संघसंस्थाका व्यक्तित्व) गरी मेलामा जम्मा २ हजार ७ सय दश जनाको सहभागीता थियो ।
मेलामा पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा ह्योल्मो, भोताङदेवी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीर बहादुर लोप्चन, टिच फर नेपालका प्रमुख कार्यकारी अध्यक्ष शिशिर खनाल र हेल्प–नेपालका संस्थापक जिम्मी लामा उपस्थित थिए ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव