शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ पारित, ऋण पाउन, गरिब, जेहेनदार हुनैपर्ने !

भक्तपुर । पालिकाले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी पाँच लाख रुपैयाँसम्मको ऋण दिने भएको छ ।
शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित गर्दै भक्तपुर नगरपालिकामा स्थायी बसोबास गर्ने गरिब, जेहेनदार विद्यार्थीलाई पाँच लाख रुपैयाँसम्मको ऋण दिने निर्णय गरेको हो।
नगरप्रमुख सुनिल प्रजापतिले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ स्थानीय तहको निर्वाचनको दौरानमा घोषणापत्रमा उल्लेख भएअनुसार नगरका गरिब तथा जेहेनदार विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न सहयोग गर्ने उद्देश्यका साथ ल्याइएको बताए। उनले भने, ‘ऋण दुरुपयोग हुनेप्रति सचेत हुँदै आवश्यक प्रक्रिया अपनाई ऋण असुलउपर गर्ने व्यवस्था निर्देशिकामा गरिएको छ।’
निर्देशिकामा नगरपालिकाको बजेटलाई मध्यनजर राखी विद्यार्थीलाई ऋण दिने प्रावधान राखिएको र किस्ताबन्दीमा ऋण असुल गर्ने व्यवस्था गरिएको विधायन समितिका संयोजक हरिराम सुवालले जानकारी दिए। उनले परिवार संख्या कम हुने विद्यार्थीलाई सम्बोधन गर्न निर्देशिकामा ‘सम्भव भएसम्म’ भन्ने वाक्यांश उल्लेख गरिएको बताए।
:848 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव