रहरलाग्दा बच्चाहरु हुलका हुल कुदिरहेको सबै शिक्षकलाई मन पर्छ । झ्याउ–झ्याउ चिच्याउदै पढ्ने बच्चाहरु गहनाको महसुस हुन्छ । यति बेला केही विद्यालयमा शिक्षकहरु विद्यार्थी नभेटेर झिंगा हाक्दै बसेका हुन्छन् । तिनीहरु विद्यालय समय १० देखि चार बजेसम्म अडिन सक्दैनन् ।
जोसुकै शिक्षकहरु बालविकास मावि घोराहीको गेटभित्र पस्यो भने हररर जागर आउछ होला । मावि डाडागाउ गोग्लीका प्रधानाध्यापक सतिशकुमार आचार्यले ५८ औं वार्षिकोत्सवमा थोरै पूजी, न्यून आयस्रोतमा गरिएको बृहत् प्रगति भनेर टिप्पणी गर्नुभयो । उहा टाढैबाट वार्षिकोत्सवमा सहभागी हुनुको कारण ठूलो मान्छे बन्न होइन, सिक्नका लागि थियो । आचार्यलाई आफूले गरेको काम र बालविकासले देखाएको परिवर्तन तुलना गर्नुथियो । डाडागाउ पनि कमजोर विद्यायलय होइन । विद्यालय समय शुरु भएसगै मुख्य गेट बन्द गरिन्छ । प्रअ आचार्यका अनुसार शिक्षक पनि पस्न पाउदैन । बाहिर जान पनि अनुमति चाहिन्छ । समय गुजारेर भित्र आउन भने पाउदैन । विद्यालयको अनुशासन हो । त्यसलाई कर्तव्य सम्झिनुपर्छ ।
पाले राखेर मुख्य गेट बन्द गर्ने नियम बालविकास माध्यमिक विद्यालयले पहिलेदेखि नै लागु गरेको छ । शुभप्रभात माविले भर्खरै प्रयोगमा ल्याएको छ । प्रधानाध्यापक रुद्रबहादुर बुढालाई विद्यालय समयसम्म विद्यार्थी होइन शिक्षक अड्याउन मुस्किल भएको छ । दश बजेदेखि चार बजेसम्म बस्नुपर्छ भन्दा केही शिक्षक आश्चर्य व्यक्त गर्छन् । तिनलाई अनौठो र नया“ नियम जस्तो लाग्छ । कहीं नलागेको नियम, अहिलेसम्मका हेडमास्टरले नचलाएको चलन भनेर आलोचनामा उत्रिन्छन् । यस्तो विजोग अन्तका विद्यँलमा पनि छ ।
हाम्रा सरकारी विद्यालय असफलतातिर उन्मुख हुनुको मुख्य कारण तलव खाएका शिक्षक विद्यालयमा दशदेखि चार बजेसम्म बस्न नसक्नु हो । अनुपस्थितिले भौतिक शरीरको मात्रै अर्थ राख्दैन । जसको दिमाग विद्यालय समयमा स्कूलमा बस्नुपर्छ भन्ने छैन त्यसको सिर्जनशील सोच हुन्न । दिलै खोलेर कक्षाकोठामा विद्यार्थीस“ग हा“स खेलसहित रमाउन पनि सक्दैन । जब शिक्षक कक्षा कोठामा सन्तुष्ट भएर रमाउन सक्दैन तब बच्चाहरु भुल्ने कुरै हुदैन ।
बच्चाहरु हरेक दिन नया कुरा चाहन्छन् । कथा सुन्न खोज्छन् । चित्र कोर्न र हेर्न चाहन्छन् । आफ्ना विचार, भावना प्रस्फूटन गर्ने थलो विद्यालय हो । हरेकका आ–आफ्ना सोच हुन्छन् । तिनलाई विकसित गराउने शिक्षकको भूमिकाले हो । शिक्षकस“ग शैक्षिक सामग्री हु“दैन । जतिजना बच्चा हुन्छन् त्यति बिचार बोकेका हुन्छन् । त्यतिकै घर परिवारको स्वभाव शैली लिएका हुन्छन् । ड्युटीमा नरहने शिक्षकको त्यसप्रति ध्यानै जा“दैन । सिकाइ समूहले निकाल्ने पुस्तकहरुमा लेखिएको छ– शिक्षक पढाउ“दा थाक्छन्, उनीहरु घोडा बन्नुपर्छ । बाघ बन्नुपर्छ, कुकुर जस्तै भुक्नुपर्छ, पाठले मागेको गरेर देखाउनुपर्छ अनि मात्रै बच्चाले बुझ्छन् । यहाका कतिपय शिक्षक घरको काम गरेर थाकेर विद्यालय पुग्छन् र कुर्सीमा निदाउ“छन् । त्यसको नतिजा हरेक वर्षका वार्षिक परीक्षामा घट्दो र एसइइमा लाजमर्दो हुन्छ ।
यता शिक्षकहरु विद्यालय समय पूरा बस्न सक्दैनन् । कतिलाई पूजापाठ, धर्मकर्म, साथीसंगी आफन्तका कथा व्यथा, पात टिप्ने टपरी लगाउनेले पूरै दिमाग खाइदिएको छ । केहीमा संघसंस्थामा जान्ने बुझ्ने टाठाबाठो कहलिने र ठूलो मान्छे बन्ने नसा चढेको छ । खादा पहिरिने, माला लगाउने, भाषण गर्ने, प्रशिक्षण दिने, संघसंस्थामार्फत घुम्न जाने गर्छन् । तिनले आफू शिक्षक हु भन्न पनि लाज मान्नुपर्ने हो । समाजमा तिनको परिचय शिक्षक भन्दा फरक छ । मास्टर भनेर बोलायो भने हिनताबोध गर्छन् । अरुलाई उच्च ठान्छन् । फलानो स्कूलका मास्टर भन्दा हिनताबोध गर्छन् । अपमान गरेको सम्झिन्छन् । तर उनीहरुले विद्यालयमा तलव खान भने अप्ठेरो मान्दैनन् ।
केही वर्ष अघि मात्रै रक्सी खाएर आएका हेडसरले तत्कालीन जिल्ला शिक्षा कार्यालयमा चर्तिकला देखाएका थिए । दिउ“सो रक्सी खाएर विद्यालय जाने शिक्षकहरु अहिले पनि केही विद्यालयमा भेटाउन सकिन्छ । त्यो भन्दा पनि खतरा के छ भने शिक्षक तथा हेडमास्टरको दिमाग अन्तै छ । उनीहरु कि त राजनीतिमा छन् । नेता बनेर झोला बोक्छन् । कि त संघसंस्थामा एकोहोरा लागेका छन् । बिमा, मार्केटिङ लगायत अनेकौं लफडामा फसेका छन् । उनीहरुको मुख्य पेशा अरु अरु बन्दैछ । विद्यालयमा हाजिरका लागि उपस्थित हुन्छन् । समयमा विद्यालय आउने र कर्तव्य पूरा गर्नेले मात्रै विद्यालय सहीढंगले सञ्चालन गरेका हुन्छन् ।
यसमा दोषी राजनीतिक दल र पार्टीहरु छन् । शिक्षकलाई भातृ संगठनमा पार्टीहरुले नै समावेश गराउ“छन् । सबै पार्टीले आफ्ना भातृ संगठन खोलेका छन् । सरकारमा नजा“दासम्म शिक्षकलाई राजनीतिक जिम्मेवारी दिन्छन् । कार्यक्षेत्रमा खटाउछन् । जब सरकारमा जान्छन्, मन्त्री पाउ“छन् तिनै शिक्षकलाई राजनीति गरेर विद्यालय बिगारे भनी आलोचना गर्छन् । आफैले राजनीतिमा लाग्न उक्साएको आफै कारवाही गर्छु भनेर कुर्लिएको देख्दा उदेक लाग्छ । यसकारण विद्यालय बिगार्न सरकार मुख्य दोषी छ । शिक्षकले राजनीति गरेको कसले थाहा पाएको छैन ? एउटा शिक्षकलाई जीवन निर्वाह गर्न सक्ने तलव दिएको छैन । उसले बच्चा पढाउने र आफ्नो गुजारा चल्ने तलव पाउनुपर्छ । ता कि शिक्षकले अर्को पेशा सोच्नु नपरोस् । त्यसपछि पूरै समय र ध्यान नलगाउने शिक्षकहरुलाई हटाइदिनुपर्छ ।
बेरोजगारहरु प्रशस्तै छन् । यति तलवमा जागिर खान आउनेहरु शिक्षक सेवा आयोगमा लाईनमा बसेका छन् । यस्तो वस्तुगत अवस्था रहेको बेला शिक्षकहरु कर्तव्यच्युत हुन मिल्दैन । सामुदायिक विद्यालयको क्षमता र प्रगतिलाई हरेक वर्ष निजी विद्यालयले टक्कर दिन्छन् । सरकारी जागिरमा पसेका क्षमतावान शिक्षकहरुले आफ्नो क्षमतामा प्रश्न गर्दा झस्किनुपर्छ । खिसिटिउरी गर्दै आएको सुन्दा ग्लानी महसुस गर्नुपर्छ । पूर्वजहरु निवृत्त शिक्षक समाज गठन गरेर गुरु बन्न पाएको महान अवसरको समीक्षा गरिरहेका छन् । अहिलेका शिक्षकहरुले पनि भावी पुस्ताले मेरो जीवन सफल बनाउने गुरु भनेको सुन्न आतुर हुनुपर्छ । पढाउन लाज मान्ने, आज निरीक्षक आउ“छ कि ? गल्ती भेटाउ“छ कि ? भनेर डराइ डराई विद्यालय पुग्ने चरित्रले गुरुको दर्जा पाउन मुस्किल छ ।
कसैले प्रशंसा गरेको व्यक्तिको मात्र होइन सिंगो शिक्षक पेशाको हो । जीवनको उत्तराद्र्ध र जागिरको अन्तिम चरणमा अपमानित र अपहेलित हुनबाट जोगिनुपर्छ । अरुले खिसिटिउरी गरेको, चुरोटको खोलमा तोक लगाएर जागिर खाएको छ भनेर घृणा र अपमान गरेको, पढाउन सक्दैन भनेर मानमर्दन गरेको, यसले त केही जान्दैन भनेर हेला गरेको, अन्तै घुमेर विद्यालयको तलव खाएको छ भनेर आलोचना गरेकोलाई शिक्षकहरुले कुनै पनि हालतमा सामान्य ठान्नुहुन्न । कसैको क्षमतामा प्रश्न उठाउनु गम्भीर सवाल हो । त्यो पनि सहेर बस्ने लाचारीपना भनेको साच्चै घृणा गर्नलायक हुन्छ । त्यो अपमानबाट शिक्षकहरु जोगिउन् ।
मेरो बच्चाले के गरिरहेको छ भन्ने हरेक अभिभावकले ख्याल राख्नुपर्छ । नार्कोनन नेपालका प्रदेश संयोजक वसन्त पुन भन्नुहुन्छ– बच्चाले अनुहारतिर हेरेन, राति ढिलासम्म बस्यो, बिहान ढिलो समय उठेन भने सोच्नुपर्छ पक्कै पनि वच्चा कुनै कुलतमा फस्यो । यसो त शिक्षकले पनि बुझ्नुपर्छ बच्चाको पढाइमा उत्साह छ कि छैन । हिजोको भन्दा आज कति फरक छ ? उसको परिवर्तन अभिभावकलाई जानकारी गराउनुपर्छ । बच्चा बिग्रिदैन । सबै अभिभावकको फोन नम्बरसहितको विवरण तयारी हालतमा राख्नुपर्छ । केही सरकारी विद्यालयहरुले यसरी सूचना दिदैनन् । सफल बनेका विद्यालहरु भने सबै विधि पूरा गरेका छन् । बालविकासका राजेन्द्रकुमार श्रेष्ठ, माध्यामिक विद्यालय रझेनाका उद्धव न्यौपानेलगायत पछिल्लो चरणमा तीब्र प्रगति गरेका प्रधानाध्यापकहरु यसका उदाहरण हुन् । पहिलो शर्त, विद्यालय समयमा शिक्षकहरु गेटभित्रै थुनिनुपर्छ ।
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव