सूर्यविनायक नगरपालिकाले भन्यो : ‘पहिला गीत गाउन लगाऊ, त्यसपछि मात्र पढाऊ !’

भक्तपुरको सूर्यविनायक नगरपालिकाका विद्यालयहरूमा अनिवार्य कक्षागत गीत गाउन लगाउनु पर्ने भएको छ।
नगरको चौथो नगर सभाले नगर शिक्षा नीति २०७५ पारित गर्दै सो व्यवस्था गरिएको नगर शिक्षा शाखाले जनाएको छ।
शाखाका शिक्षा अधिकृत सविता दंगालले नगर क्षेत्रका सबै प्रकारका विद्यालयका कक्षा प्रारम्भ गर्दा कक्षागत गीत गाउनु पर्ने व्यवस्था गरिएको बताइन्।
सूर्यविनायक नगरपालिकालाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने दीर्घकालीन लक्ष्यका साथ नगर शिक्षा नीति बनाइएको जानकारी दिँदै उनले सो नीतिमा विभिन्न १६ वटा विषयहरूलार्ई प्राथमिकतामा राखिएको बताइन्।
शाखा प्रमुख दंगाले प्रारम्भिक कक्षादेखि माध्यमिक शिक्षासम्मको अधिकार पालिका अन्तर्गत आइसकेपछि सोही अधिकारलाई व्यवहारमै लागू गराउने उद्देश्यले नीति बनाइएको बताइन्।
पारित नीतिमा प्रारम्भिक बाल विकास, प्राविधिक तथा व्यवसायिक शिक्षा, माध्यमिक शिक्षालगायतलाई गुणस्तरीय बनाउने उपायहरू, विद्यालयको भौतिक पूर्वाधार विकासको आधार निर्धारण, बालमैत्री र शिक्षकमैत्री कक्षाकोठाको प्रत्याभूति, निरन्तर विद्यार्थी मूल्यांकन प्रणालीलगायतका विषयहरू समेटिएका छन्।
नीति अन्तर्गत प्रत्येक विद्यालयले विहानी प्रार्थना सभापछि कक्षा सुरु हुनुभन्दा अघि अनिवार्य रूपमा कक्षागत गीत गाउन लगाएर मात्र कक्षा सुरु गर्नुपर्ने प्रावधान ल्याएको छ।
पाठ्यक्रम विकास केन्द्रले कक्षा १ देखि ८ सम्म निर्धारण गरिएको गीत गाउनुपर्ने प्रावधान समेटिएको उनको भनाइ छ।
:858 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव