आठौँ फिजम अन्तरविद्यालय फुटबल प्रतियोगिता आजबाट सुरु

काठमाडौं, माघ ११ । संस्थागत विद्यालयको संचालक मञ्च (फिजम) को आयोजनामा आठौँ फिजम कप अन्तर विद्यालय फुटबल प्रतियोगिता आज बाट पेप्सिकोला खेल मैदानमा सुरु भएको छ ।
मार्च पास प्रतियोगिताबाट सुरु भएको उक्त कार्यक्रमको पहिलो खेलमा बेस्ट गु्रप भिजन स्कुलले नेपाल तारा स्कुललाई ४—० गोलको अन्तरले पराजित गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रम संयोजक सुनिल केसीले खेलकुदको महत्वलाई प्रस्ताउँदै सम्पूर्णलाई स्वागत गरेका थिए ।
फिजमका अध्यक्ष एवं कार्यक्रममा सभापति आर.वि. कट्वालले खेलले विद्यार्थीहरुलाई अनुशासित बनाउने र स्कुल टु ओलम्पिकको उद्देश्यलाई साकार गर्न विद्यालय खेलकुदमा राज्यको ध्यान जानुपर्ने धारणा व्यक्त गरेका थिए ।
मार्च पास प्रतियोगितामा बेस्ट गु्रप भिजन स्कुल, मोनास्टिक स्कुल र ग्लोबल पब्लिक स्कुल क्रमशः प्रथम, द्धितीय र तृतीय भएका थिए । २० वटा टिमको सहभागिता रहेको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव