इ.जी.पायोनियरका संस्थापक ध्वँजुको सम्मान

भक्तपुर । नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्यमा नियुक्त भएकोमा इ.जी पायोनियर स्कुल इटाछेंका संस्थापक प्रिन्सिपल एवम् स्काउट गुरु विजेन्द्रलाल ध्वँजुलाई सम्मान गरिएको छ । तदर्थ समितिमा राष्ट्रियस्तरमा तालीमको जिम्मेवारी सम्हालेका स्काउटर ध्वँजु विगत २५ वर्षदेखि स्काउटमा सक्रिय छन् ।
इ.जी पायोनियर स्कुल तथा इ.जी स्काउट ग्रुप इटाछेंद्वारा संयुक्तरुपमा आयोजित सो सम्मान कार्यक्रममा सो स्काउट ग्रुपका स्काउट शिक्षक, रोभर, रेन्जर तथा स्काउटहरुले आफ्ना गुरु ध्वँजुलाई विभिन्न उपहार तथा नेपाल स्काउटको लोगोसहितको काष्ठकला उपहार दिएर सम्मान गरेका थिए ।
इ.जी स्काउट ग्रुपकी अध्यक्ष सुचिता सैंजु, इ.जी पायोयिनर स्कुलका वरिष्ठ स्काउटर उमेशलाल नेपाली, नेपाल स्काउट मध्यपुर स्थानीय परिषदका पदाधिकारी एवम् वरिष्ठ स्काउटरहरु भुवनचरण श्रेष्ठ, दिलकृष्ण प्रजापति, रविन्द्र बासुकला, पुजन किलम्वु लगायतले स्काउट गुरु ध्वँजुलाई उपहार दिएर सम्मान गरेका थिए ।
:804 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव