थिमी नगरपालिकाको सामुदायिक विद्यालयलाई देशकै नमूना विद्यालयको रुपमा विकास गर्छु ः मेयर श्रेष्ठ

भक्तपुर | थिमी नगरपालिकाका मेयर मदर सुन्दर श्रेष्ठले थिमी नगरपालिकाको सामुदायिक विद्यालयलाई नेपालकै नमूना विद्यालयको रुपमा विकास गराउने दाबी गरेका छन् । भक्तपुरको कौशलटारस्थित आदर्श जनप्रेमी स्कुलले ३० औँ स्थापना दिवसमा बोल्दै श्रेष्ठले आफ्नो नगरपालिका भित्र रहेका १६ वटै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाएरै छाड्ने बताए ।
कार्यक्रममा जनप्रेमी स्कुलका प्रिन्सिपल एवं प्याब्सन मध्यपुर नगर कार्यसमितिका अध्यक्ष निलेश आचार्यले मध्यपुर थिमी नगरपालिकालाई शैक्षिक गन्तव्य बनाउन आफ्नो विद्यालय एवं प्याब्सन तयार रहेको बताए ।
उनले अभिभावकलाई बच्चाको क्षमता अनुसारको पढाई मात्र खोज्न सुझाव दिँदै भने, ‘विद्यार्थी उन्नत विउ हो । त्यसलाई माटोमा फाल्दैमा हुँदैन । त्यसलाई गोलमेल र हेरचाह शिक्षकले गर्नुहुन्छ भने अभिभावक त्यस बिउमा भएको मलिलो माटो हो । त्यसैले विद्यार्थीको विकासका लागि अभिभावक, विद्यार्थी र शिक्षक तीन पक्षीयको त्रिकोण सम्बन्ध हुन जरुरी छ ।’
विद्यालयका भाईस प्रिन्सिपल कामेश्वर चौधरीको स्वागत मन्तव्य र सातवटै प्रदेशलाई प्रतिनिधित्व गर्दै सात फरक नृत्यबाट आदर्श जनप्रेमीमा अध्ययनरत विद्यार्थीहरुले उपस्थिति अभिभावक एवं अतिथिहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरको उद्घोषण, नृत्य, उसु, गीत, नाटक प्रस्तुत गरेका थिए भने विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थी एवं अभिभावकलाई पुरस्कार वितरण गरिएको थियो ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव