‘जाति अनुसारको एक विधालाई मात्र छनोट गरि लोकनृत्य प्रतियोगिता गर्नुपर्ने’

भक्तपुर, १७ माघ । नृत्य निर्देशक संघका केन्द्रिय उपाध्यक्ष सञ्जय शर्माले सबै जातीको लोकनित्य प्रतियोगिता एउटैमा राखेर गर्नु भन्दा जाति अनुसारको एक विधालाई मात्र अंगालेर प्रतियोगिता गर्नुपर्ने बताएका छन् ।
फोरम अफ इन्स्टीट्यूट स्कुल म्यानेन्जमेन्ट (फिजम) काठमाडौँले आयोजना गरेको ८ औँ ‘फिजम अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता’ मा एक जातिको मात्र नृत्य छनोट गरी प्रतियोगिता गर्नुपर्ने बताउँदै उनले भने,‘ सबै जातिको नृत्य एउटै प्रतियोगितामा हुँदा, एक जातीको नृत्यलाई उपाधी दिदाँ अन्य जातिको नृत्यलाई नराम्रो भनिएको भनेर विवाद देखिन्छ । सबै जातिको नृत्य उत्कृष्ट हुन्छ त्यसैले एउटा विधालाई मात्र छनोट गरी नृत्य प्रतियोगिता गर्नुपर्छ । यसले निर्णय गर्नेलाई पनि सहज हन्छ ।’
साथै उनले धेरै ठाउँमा नृत्य प्रतियोगितामा सहभागि मात्र हुने क्रम बढेकोमा गुनासो गर्दै भने, ‘नृत्य प्रतियोगिता भने पछि बच्चाहरुमा अझ जोश जागरका साथ नृत्यकार जसरी नाचेको देख्न गार्हो भइसकेको छ ।’
भक्तपुरको बोडेस्थित कृषि विकास बैक तालिम केन्द्रमा बुधबार गरिएको लोकनृत्य प्रतियोगितामा सन्तुलन प्रतिस्पर्धा गर्नलाई स्कुलहरुलाई स्कुलका नामले नभई कोड नम्वर दिई नृत्य प्रदर्शनी र निर्णय गरिएको थियो ।
कोड नम्वर १२ को अर्किट पुपिल सेकेण्डरी स्कुलले फिज्म अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता २०७५ को उपाधी जित्न सफल भएको थियो ।
२२ स्कुल सहभागी भएको प्रतिस्पर्धामा कोड नम्वर १० को नेपाल तारा स्कुल दोस्रो र कोड नम्वर १९ को बेस्ट गुप्र भिजन स्कुल तेस्रो हुन सफल भएको थियो ।
त्यस्तै चौथौं स्थानमा कोड नम्वर ९ को माउन्ट सेभ स्कुल, ५औं स्थानमा कोड नम्वर ११ को दिपिका स्कुल, छैठौँ स्थान कोड नम्वर १५ को न्यु भिजन एकेडेमी र सातौं स्थानमा कोड नम्वर १८ को मोनास्टिक पब्लिक इङ्लिश स्कुल भएको थियो ।
स्पर्धालाई सञ्जय शर्मा, चलचित्र नृत्य निर्देशन संघका वरिष्ट अपाध्यक्ष गोविन्द्र प्रभात र श्री नाट्यकला समूह नृत्य निर्देशक मन्दिरा सुवेदी शर्माले निर्णय गरेका थिए ।
वरिष्ठ कलाकार तथा चलचित्र निर्देशक तुलसी घिमिरेले स्कुललाई प्रमाणपत्र वितरण गरेका थिए ।
:1168 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव