पारागनको १६ औं वार्षिकोत्सव सम्पन्न, वर्ष विद्यार्थी र अभिभावकसँगै वर्ष शिक्षक पनि छनोट

भक्तपुर । भक्तपुरको कमलविनायकस्थित पारागन एकेडेमी(बोर्डिङ सेकेण्डरी स्कूल)को १६ औं वार्षिकोत्सव बुधबार सम्पन्न भएको छ ।
वार्षिकोत्सवको उद्घाटन नेपाल मजदुर किसान पार्टीको सचिव एवं प्रतिनीधिसभा सांसद प्रेम सुवालले गरेका थिए ।
सोही अवसरमा विद्यालयले विद्यालयका उत्कृष्ट विद्यार्थी र अभिभावकलाई पुरस्कृत पनि गरेको विद्यालयले जनाएको छ ।
वर्ष अभिभावकमा पूर्व प्राविमा अध्ययनरत अनुसुया थापका बुवा दशरथ थापा, रुबिका बासुकलाकी आमा रुबिना बासुकला, प्रावि तहमा स्वर्णीम लामाका बुबा राम लामा, निर्जु खत्रीकी आमा मोनिका खत्री, मावि तहमा एलिना श्रेष्ठका बुबा विशुन्द्रवीर श्रेष्ठ, रिसन बासुकलाकी आमा पुण्यश्वरी बासुकलालाई वर्ष अभिभावक २०७५ ले सम्मान गरेको थियो ।
त्यस्तै वर्ष विद्यार्थीहरुमा पूर्व प्राविअन्तर्गत कक्षा १ की बेनिशा थापा, कक्षा ४ की जेशिका श्रेष्ठ र मावितहको कक्षा ९ की कृशला लागेजूलाई सम्मान गरिएको थियो ।
कार्यक्रमकै अवसरमा सलिम स्मृति पुरस्कारबाट दिप्सन बुढाथोकी र सुमित स्मृति पुरस्कारबाट श्रया थापालाई पुरस्कृत गरिएको विद्यालयका प्रिन्सिपल पुण्यराम कवांले जानकारी दिए ।
त्यस्तै वर्ष शिक्षकहरुमा क्रमशः पूर्व प्राविका बिन्दू घिमिरे, प्राविका सर्मिला अवाल र माविका रस्मिला श्रेष्ठ उत्कृष्ट भएको विद्यालयको भनाइ छ ।
* यसअघिको समाचारमा १६औं वार्षिकोत्सव हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।सं.
:710 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव