एक स्कुल, जहाँ ढिलो आउने शिक्षकलाई विद्यार्थीले गेटबाटै फर्काइदिन्छन्

काठमाडौं । विद्यालयका विद्यार्थीले गेटमै बसेरै निगरानी गर्न थालेपछि ढिलो आउने शिक्षकहरु सतर्क बन्न थालेका छन् ।
मोरङको जहदा गाउँपालिका–१ स्थित जनता बाल आधारभूत विद्यालयमा अध्ययन।त विद्यार्थीले शैक्षिक गुणस्तर सुधार अभियान शुरु गरी शिक्षकलाई अनुशासन सिकाउन थालेपछि शिक्षकहरु सतर्क बन्न थालेका हुन् । विद्यार्थीले शिक्षक र अभिभावकसहितको उपस्थितिमा शिक्षक र विद्यार्थीका लागि नियम बनाएपछि हाल पठनपाठनमा समेत सुधार आएको छ । समयमै शिक्षक कक्षाकोठामा नपुग्न्ने शिक्षकलाइ समेत विद्यार्थीले प्रश्न सोध्ने गरेका छन् ।
तीन महिना अगाडि नियम बनाइएपछि ढिलो आउने शिक्षकलाई विद्यार्थीले निगरानी गर्न थालेका थिए । यो नियम लागू भएपछि हालसम्म तीन जना शिक्षक र दर्जनौं विद्यार्थी कारवाहीमा परेर विद्यालयको गेटबाटै घर फर्किएका एक विद्यार्थीले बताए ।
त्यसो त गाउँपालिकाले पनि ती महिनाअघिदेखि विद्युतीय हाजिरी लागू गरेको छ । त्यसपछि शिक्षाको गुणस्तर सुधार हुनुका साथै शिक्षक र विद्यार्थी समेत अनुशासित बन्न थालेको बताइएको छ ।
बिक्रम सम्बत २०६६ सालमा जिल्लाकै नमूना विद्यालयको घोषणा भएको विद्यालय अहिले गाउँपालिकाको उत्कृष्ट विद्यालयमा पर्दछ ।
पूर्वेली न्यूजबाट ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव