फिजम अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधी ग्लोबल पब्लिकलाई

काठमाडौँ, २१ माघ । काठमाडौँको पेप्सिकोलास्थित पेप्सिकोला टाउनप्लानिक फुटबल मैदानमा भएको ‘फिजम फुटबल अन्तरविद्यालय प्रतियोगिता’ मा ग्लोबल पब्लिक स्कुल विजयी भएको छ ।
फोरम अफ इन्स्टीट्यूट स्कुल म्यानेन्जमेन्ट (फिजम) काठमाडौँले आयोजना गरेको प्रतियोगितामा नेक्सस् इन्टरनेशनल स्कुल दोस्रो र न्यु होलिक्रस स्कुल तेस्रो भएको छ । स्पर्धामा रत्न शिक्षा सदन चौथो भएको थियो ।
बिजयी स्कुलका विद्यार्थीहरु सुमित कार्कीले उत्कृष्ट खेलाडी, अमृत रिमालले उत्कृष्ट डिफेन्स, सुशिल कार्कीले उत्कृष्ट मिडफिडर, सुशान्त भण्डारीले उत्कृष्ट गोलकिपर र शिक्षक रविन शर्मा पौडेलले उत्कृष्ट कोचको उपाधी जित्न सफल भएका थिए ।
स्पर्धामा नेक्सस् स्कुलको बिप्लव राई उत्कृष्ट स्कोरर र किरण चन्द उदयमान खेलाडि भएका थिए । त्यस्तै फियर खेलाडी समुहमा भिमेश्वर एकेडेमी चुनिएका थिए ।
२० स्कुल सहभागी रहेको यस वर्षको कार्यक्रमका विजेता विद्यार्थीलाई सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक सुनिल केशीले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमल्सिना, फिजम उपाध्यक्ष अमृत खड्का लगायतको सहभागीता थियो ।
माघ ११ गते शुक्रबार प्रतियोगिता सुरु भई १९ गते शनिबारका दिन फाइनल भएको थियो ।
:1061 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव