माघको अन्तिम दिनबाट अर्किड फुटबल कप

काठमाडौँ, २१ माघ । काठमाडौँको कागेश्वरी मनोहरास्थित अर्किड पुपिल सेकेण्डरी स्कुलको आयोजनामा माघ २९ गतेबाट ‘अर्किड कप अन्तरविद्यालय जुनियर फुटबल टुर्नामेन्ट’ हुने भएको छ ।
जुनियर तहका फुटबल खेलाडि विद्यार्थीलाई अगाडि ल्याउन र उनीहरुलाई भविष्यमा आउन सक्ने चुनौतीको सामनाका लागि प्रोत्साहन दिन सो स्पर्धा गरिन लागेको विद्यालय प्रिन्सिपल सि.वि कार्कीले बताए । उनका अनुसार यो खेलले विद्यालयबिचको सम्बन्ध पनि राम्रो बनाउँछ ।
कक्षा ७ सम्म अध्ययनरत विद्यार्थीकाबीच हुने सो प्रतियोगितामा एउटामात्र समूह दर्ता गर्न रु ५ हजार लाग्ने छ ।
चौथौं संस्मरणको हुने सो स्पर्धामा प्रथम, द्वितीय, तृतीय र चौथो हुने विद्यालयलाई सिल्ड, मेडल र नगद प्रदान गरिने भएको छ । साथै उत्कृष्ट खेलाडि, फेयर खेलाडि समूह र म्यान अफ द म्याचलाई पनि पुरस्कृत गरिने स्कुलले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टीमले रु २० हजार, द्धितीय हुने टीमले रु १५ हजार, तृतिय हुने टिमले रु १० हजार र चौथौं हुने टिमले रु ५ हजार नगद पुरस्कार पाउनेछ ।
:494 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव