माइलस्टोनको ७ औं वार्षिकोत्सव सम्पन्न, विद्यार्थीले गरे ‘नयाँ पाइला’ लोकार्पण

ललितपुर, २१ माघ । ललितपुरको लगनखेलस्थित माइलस्टोन स्कुलको ७ औं वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ ।
सोही अवसरमा विद्यार्थीहरुका लेख रहेको ‘नयाँ पाइला’ पुस्तक लोकार्पण गरिएको थियो । पुस्तकमा नेपाली भाषाका २७ वटा र अग्रजी भाषाका ९ वटा कविता र १० वटा नेपाली भाषाबाट कथा समावेश गरिएको छ ।
‘पुर्विय समाजका विभिन्न लोपान्मुख कथा बचाउनका लागि हामीले पुर्विय संस्कृतिः कृष्ण लिला, गणेश बन्धना, नृत्य जस्ता विभिद कार्यक्रम गरेका छौँ ।’ सहायक प्रिन्सिपल राजु शाहीले भने । कार्यक्रममा विद्यार्थीले नृत्य, नाटक, गीत पनि प्रस्तृत गरेका थिए ।
कार्यक्रममा क्षेत्र नम्वर २ का सासंद कृष्णलाल महर्जन, ललितपुर जिल्लाका शिक्षा इकाई प्रमुख गुणराज पोखरेललगायतको सहभागिता थियो ।
:791 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव