‘अभिभावकले बच्चाको दैनिक क्रियाकलापका बारेमा छलफल गर्नुपर्ने’

भक्तपुर, २२ माघ । भक्तपुरको सुर्यविनायकस्थित स्प्रिङ्गडेल ईङ्लिश सेकेण्डरी बोडिङ स्कूलका व्यवस्थापन समितिका अध्यक्ष उत्तम नारायण मल्लले आफ्नो बच्चाको दैनिक क्रियाकलापका बारेमा छलफल गर्नुपर्ने बताएका छन् ।

स्कुलको ३२ औं अभिभावक दिवसको कार्यक्रममा उनले अभिभावकलाई सुभाव दिदै भने, ‘अभिभावकले आफ्ना आधा घण्टा भएपनि आफ्ना बालबालिकासँग दिनभरी के गर्यौ र के भयो भन्ने कुराहरुको छलफल गर्नु नितान्त आवश्यक छ ।’

शनिबार भएको सो कार्यक्रममा विज्ञान प्रदर्शनी र बेस्ट फर्म वेस्ट कार्यक्रम गरिएको प्रिन्सिपल शिवजी श्रेष्ठले बताए । साथै विद्यार्थीहरुले नृत्य, नाटक, टेक्वान्डो, फेसन शो जस्ता प्रतिभा प्रस्फुटन गरेका थिए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका प्याब्सनका अध्यक्ष सानुराजा कार्की, कलाकार रामचन्द्र अधिकारी (काजिबा) र कलाकार बिकु थोकर उपस्थित थिए ।

:257 Views

Leave a Reply